काठमाडौं- सबैभन्दा बढी अर्थ मन्त्रालयले बेरुजु फर्स्यौट गर्न बाँकी रहेको देखिएको छ।
महालेखा परीक्षक कार्यालयले आफ्नो ५६ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्रालयले मात्रै ३१ अर्ब ५३ करोड ८५ लाख रुपैयाँ बराबरको बेरुजु फछ्र्यौट हुन बाँकी रहेको जनाएको छ।
यसवर्ष कुल १ खर्ब ६ अर्ब ३४ करोड बेरुजु फछ्र्यौट हुन बाँकी रहेकोमा त्यसको २९ दशलमव ६६ प्रतिशत हिस्सा अर्थ मन्त्रालयको मात्रै रहेको देखिन्छ।
लेखापरीक्षण अंकको तुलनामा बेरुजु प्रतिशत बढी रहेको मन्त्रालयमा भने खानेपानी मन्त्रालय देखिएको छ। खानेपानी मन्त्रालयको लेखापरीक्षण अंकको तुलनामा २२ दशमलव ५४ प्रतिशत बेरुजु फछ्र्यौट हुन नसकेको देखिएको छ।
खानेपानी मन्त्रालयको २६ अर्ब ८१ लाख ८२ हजार बराबरको लेखापरीक्षण भएकोमा ६ अर्ब ४ करोड ४० लाख रुपैयाँ बेरुजु फछ्र्यौट हुन सकेको छैन।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।