काठमाडौं- नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाइडबडी जहाज हेर्ने जाँदा मात्रै विभिन्न निकायका व्यक्तिले २१ करोड भन्दा बढी खर्च गरेका छन्।
महालेखाको ५६ औं वार्षिक प्रतिवेदनले यसबारे उल्लेख गरेको हो। वाइडबडी विमानहरुको प्राविधिक अनुगमन र हस्तान्तरण कार्य गर्न कर्मचारी सञ्चय कोषका ३, नागरिक लगानी कोषका ५, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका १, निगम सञ्चालक समिति सदस्यलगायत उच्च पदाधिकारी १५ जना गएका थिए। कानुनी सल्लाहकार १, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी ४, निगमका र नेपाल राष्ट्र बैङ्कका पदाधिकारी १ समेत ३१ जनाले विदेश भ्रमण गरेको प्रतिवेदनमा उल्लेख छ।
भ्रमणमा निगमका महाप्रबन्धक ३ पटक, निगमका ४ अधिकृत ५ पटक र कानुनी सल्लाहकार २ पटक भ्रमण गरेको प्रतिवेदनमा उल्लेख छ। भ्रमणमा जानेले दैनिक भत्ता ७३ लाख ७४ हजार र हवाई टिकट खर्च ३८ लाख २० हजार समेत १ करोड ११ लाख ९४ हजार खर्च भएको देखिएको प्रतिवेदनमा उल्लेख छ।
भ्रमणमा सहभागी अधिकांश कर्मचारी अप्राविधिक व्यक्ति रहेका महालेखाको भनाइ छ । भ्रमणको आवश्यकता सम्बन्धमा विश्लेषण नगरी खर्च गरेकोले प्राविधिक कर्मचारीका लागि भएको अत्यावश्यक खर्च यकिन गरी अन्य खर्च रकम असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।