काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सबैभन्दा बढी बेरुजु हुने मन्त्रालय अर्थ मन्त्रालय ठहर गरेको छ।
शुक्रबार सार्वजनिक भएको महालेखापरीक्षकको छपन्नौँ वार्षिक प्रतिवेदन, २०७५ अनुसार अर्थ मन्त्रालयको हकमा कुल बेरुजुको २९.६६ प्रतिशत वेरुजु देखिएको छ।
त्यसैगरी दोस्रोमा रहेको भौतिक पूवांधार तथा यातायात छ जसको हकमा १९.४४ प्रतिशत रकम बेरुजु देखिएको छ। प्रतिवेदन अनुसार तेस्रोमा रक्षा मन्त्रालय छ जसमा कुल बेरुजुको ११ प्रतिशत बेरुजु ठहर भएको छ।
हेरौं कुन मन्त्रालयमा कति बेरुजु देखियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।