• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ १८, २०८२ Sun, Jun 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
विदेशीसँग नझुक्ने कीर्तिनिधि : भारतीय फौज हटाउनेदेखि खम्पा विरुद्ध अपरेसनसम्म
64x64
नेपाल लाइभ शनिबार, कात्तिक २५, २०७४  १५:१०
1140x725

काठमाडौं– तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद उपाध्यक्ष भएका कीर्तिनिधि विष्टको आज बिहान निधन भएको छ। ०३० असार २५ गते सिंहदरबारमा आगलागी भएपछि उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए। पहिलो पटक ०२५ सालमा प्रधानमन्त्री हुँदा विष्टको उमेर ४० वर्ष थियो। दरबारसँग निकै निकट मानिने विष्ट ०२८ सालमा दोस्रो पल्ट प्रधानमन्त्री भएका थिए भने ०३४ सालमा तेस्रो पल्ट प्रधानमन्त्री भए। ०३६ सालमा राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गर्दा उनी नै प्रधानमन्त्री थिए। तर, निर्वाचन गराउने समयमा उनलाई हटाएर सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाइएको थियो। 

उनलाई चीन निकट भनेर आरोप लगाउने गरिन्थ्यो। तर, उनले यो कुरा सधैं अस्वीकार गर्दै आए। उनी प्रधानमन्त्रीबाट हटेपछि उपचारका क्रममा भारत जाँदा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी उनलाई भेट्न नयाँ दिल्लीस्थित नेपाली दूतावासमै आएकी थिइन्। 

सादगीपूर्ण जीवन जिउने नैतिकवान नेताको छवि बनाएका कारण उनी धेरैका प्रिय थिए। ०४६ सालमा नेपालमा प्रजातन्त्र आएपछि उनी लामो समय निस्क्रिय रहे। ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि उनलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाएका थिए। स्वास्थ्य अवस्था असाध्यै गलेसँगै उनले आफ्नो निधनबारे बाहिर धेरै प्रचारबाजी नगर्न परिवारलाई भनेका थिए। उनले आफूलाई राजकीय सम्मान नदिनू भन्ने इच्छा पनि व्यक्त गरेका थिए।

प्रधानमन्त्रीका रुपमा उनले गरेका केही कामहरुको आजपर्यन्त चर्चा हुने गरेको छ। विशेषगरी विस २००८ देखि नेपालमा बस्दै आएको भारतीय सैन्य फौजलाई १८ वर्षपछि फर्काउन सफल भएकैले उनलाई धेरैले राष्ट्रवादी प्रधानमन्त्रीका रुपमा चित्रित गर्छन्।

भारतीय फौज हटाउने निर्णय

२००८ पुसमा केआई सिंहको विद्रोहपछि त तत्कालीन यातायातमन्त्री भद्रकाली मिश्रले मन्त्रिपरिषद् बैठकमा काठमाडौंको सुरक्षार्थ ट्याङ्कसहितको भारतीय सेना झिकाउनुपर्ने लिखित प्रस्ताव नै राखे । यस प्रस्तावले मातृकाप्रसाद कोइराला नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद्मा विवाद उत्पन्न भयो । विवाद सुल्झाउन सिङ्गो मन्त्रिपरिषद् हेलिकप्टर ‘चार्टर्ड’ गरी दिल्ली पुग्यो । अन्ततः सो प्रस्ताव परिमार्जित रुपमा पारित भयो । त्यसकै आधारमा नेपाली सेनालाई तालिम दिलाउन र नेपालको उत्तरी सीमामा भारतको सुरक्षा चेकपोस्ट राख्न भारतीय सैनिक मिसन झिकाइयो । राजधानी काठमाडौंलाई आधार बनाएर त्यो भारतीय फौज नेपालको उत्तरी सिमानामा परिचालित थियो । चीन–तिब्बतको नेपालसँग जोडिएको उत्तरी सिमानामा १६ वटा चौकी नै स्थापना गरेको थियो भारतीय फौजले । त्यसमार्फत भारतले अमेरिकाको समेत सहयोगमा चीनविरूद्ध सुराकी गर्थ्यो। ‘सन् १९६२ को चीन–भारत युद्धताका त त्यसरी उत्तरी सीमामा तैनाथ भारतीय फौजको सक्रियता उदेकलाग्दो थियो,’ पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले भनेका थिए, ‘बेलाबखत ती भारतीय फौज काठमाडौं सडकमा फौजी पोशाकमै घुम्थे ।’

प्रधानमन्त्री विष्टकै पालामा नेपालले भारतले मन नपराउने एउटा निर्णय गर्थ्यो, चीनसँग जोडिएका नेपालका विभिन्न १६ स्थानमा राखिएका भारतीय सैन्य चौकीहरु हटाएर । ती चौकीहरु २००८ सालदेखि नेपालमा स्थापना गरिएका थिए। चिनियाँ पक्षले ती चौकीका बारेमा व्यापक असन्तुष्टि जाहेर गर्दै आएको थियो । ‘मेरै प्रधानमन्त्री कालमा ती चौकीहरु हटाउने निर्णय गरिएको हो,’ तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट भनेका थिए, ‘भारतीय सुरक्षा फौजको उपस्थितिले एकातिर नेपालको सार्वभौम सत्तामाथि आँच पुर्‍याइरहेको थियो भने अर्कोतर्फ अर्को छिमेकी मुलुक चीनलाई चिढाउने काम गरिरहेको थियो ।

‘१९५० र १९६५ का सन्धि खारेज भइसक्यो’

अन्तरिम राणा प्रधानमन्त्री मोहनशमशेरलाई दबावमा पारेर गरिएको १९५० र त्यसैको विस्तारस्वरुप राजा महेन्द्रका पालामा भएको १९६५ को सन्धि व्यवहारमा खारेज भइसके पनि भारतले बेलाबखत ती सन्धिको हवाला दिएर नेपाललाई तर्साउने गरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए, विष्टले । १९६५ को सन्धिमा ‘नेपाललाई आवश्यक पर्ने हातहतियार भारतले उपलब्ध गराउने र अर्को मुलुकबाट हतियार ल्याउनुपरे भारत सरकारको अनुमति लिनुपर्ने’ प्रावधान थियो । ‘ती सन्धिहरु व्यावहारिक रुपमा उहिल्यै खारेज भइसकेका छन्,’ आफ्नो प्रधानमन्त्रित्वमा ती सन्धिहरु खारेज भइसकेको सार्वजनिक अभिव्यक्ति दिँदैँ विष्टले भनेका थिए, ‘भारतले कागजी बाघ देखाएर तर्साइरहेको छ र नेपालका नेताहरु त्यत्तिकै तर्सिरहेका छन् ।’

खम्पा विद्रोह अन्त्यको पहल

तत्कालीन राजा वीरेन्द्रको सन् १९७४ मा चीन भ्रमणका क्रममा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले खम्पा विद्रोहप्रति गम्भीर चासो देखाए । चीनबाट फर्केलगत्तै वीरेन्द्रले तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि विष्ट तथा सुरक्षासम्बद्ध अधिकारीहरुलाई अह्राए, ‘जुनसुकै परिस्थितिमा पनि आगामी वर्ष हुने मेरो राज्याभिषेकअगावै खम्पा विद्रोहको अन्त्य हुनुपर्छ ।’ 

२०३१ फागुनमा वीरेन्द्रको राज्याभिषेक हुँदै थियो।

तिब्बतलाई स्वतन्त्र बनाउने भन्दै करिब एक दशकदेखि नेपालको हिमाली भूभागमा खम्बा विद्रोह चलिरहेको थियो। जसलाई अमेरिकी बाह्य गुप्तचर संस्था सिआइएले सघाइरहेको थियो। 

कीर्तिनिधि विष्टले थालेको खम्पा विद्रोह दबाउने अभियान करिब एक वर्षपछि सफल भयो। तर त्यतिबेला उनी प्रधानमन्त्रीबाट हटिसकेका थिए। 

यसरी सन् १९६० देखि सुरु भएको खम्पा विद्रोह १४ वर्षपछि १९७४ सेप्टेम्बर १५ (२०३१ भदौ ३०) मा अन्त्य भएको थियो।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०७४  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु आइतबार, जेठ १८, २०८२
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार, जेठ १८, २०८२
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने आइतबार, जेठ १८, २०८२
स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई रोजगारीको अवसर आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुजरातलाई हराउँदै मुम्बई आईपीएलको क्वालिफायर–२ मा, फाइनलको लागि पञ्जाब किङ्ससँग खेल्ने शनिबार, जेठ १७, २०८२
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार, जेठ १८, २०८२
'राइड सेयरिङ' नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायीद्वारा काठमाडौंमा चक्काजाम शनिबार, जेठ १७, २०८२
प्रचण्डलाई लिङ्देनको जवाफ : विचरा उहाँलाई पीर परेको छ, आफूले पैसा दिएर जुलुसमा मान्छे ल्याएको सम्झिनुभएको होला शनिबार, जेठ १७, २०८२
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्