रोल्पा- माओवादी नेता वर्षमान पुन चढेको गाडीलाई लक्षित बम प्रहार भएको छ। आज दिउँसो रोल्पाको माडी गाउँपालिका– १ ओतको जंगलमा माइन बम विस्फोट गराइएको हो।
जिल्लाको सुकिदह गाउँपालिकामा चुनावी कार्यक्रम सकेर घर्तीगाउँ फर्कने क्रममा उनी चढेको गाडी माडी गाउँपालिका– १ भित्तावाड नजिकै पुग्दा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।
विस्फोटबाट क्षति भने नभएको उनले बताए। बम कसले राखेको हो भन्नेबारे अझै थाहा हुन सकेको छैन।
रोल्पाको जिनावाडबाट घर्तीगाउँमा हुने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पुनमाथि लक्षित गरी बम विस्फोट भएको हो।
हिजो मात्रै पूर्वगृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्मालाई लक्षित गर्दै रुकुमको चौरजहारी नगरपालिका- ८ मा दुई वटा बम विस्फोटक गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।