काठमाडौं– भारतीय विमान कम्पनी जेट एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको उडान केही दिन रद्ध गर्ने भएको छ।
आर्थिक संकटका कारण दैनिक रुपमा २ देखि ३ वटासम्म मात्र उडान गर्दै आएको जेट एयरवेजले आजदेखि ४ दिनसम्म उडान रद्ध गर्न लागको हो।
विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले आर्थिक संकट भोगिरहेको भारतीय जेट एयरवेजले ४ दिनसम्म उडान नगर्ने सूचना दिएको बताए। तर, एयरलाइन्सले उडानै बन्द भने गर्ने कुनै सूचना नदिएको उनको भनाइ छ।
एयरलाइन्सले विमानस्थल कार्यालयलाई मार्च महिनासम्मको ५ विमास्थल सेवाशुल्क वापतको रकम बुझाउन बाँकी रहेको छ।
अप्रिल महिनाको बिल भने जारी नभइसकेको विमानस्थल कार्यालयको राजस्व शाखाले जनाकारी दिएको छ।
जेट एयरवेजका नेपाल प्रतिनिधिले पनि सधैंका लागि उडान बन्द नभएर चार दिनका लागि मात्र उडान रद्ध गर्न लागेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।