काठमाडौं- मिस टुरिज्म २०१७ को उपाधि पोखराकी आरती थापाले जितेकी छिन्। शुक्रबार भएको फाइनलमा नेपाल एशोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्यले सोधेका 'अबको १० वर्षपछि नेपालको पर्यटन उद्योग कस्तो अवस्थामा हुनेछ?' भन्ने प्रश्नको उत्तर दिएर आरतीले मिस टुरिजम–२०१७ को उपाधि जितेकी हुन्।
थापाले मिस पब्लिक च्वाइसको उपाधि पनि हात पारिन्। थापालाई मिस टुरिजम–२०१६ ओरुसा थापाले ताज लगाइदिइन् भने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा, अर्थबाउन्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक राजन सिंखडा र प्वाइन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नविन काफ्लेले नगद ५० हजारसहित पुरस्कार हस्तान्तरण गरे।
मिस पर्सनालिटी र मिस स्माइलसहित मिस टुरिजम फस्ट रनर अपको उपाधि भने काठमाडौंकी क्रिस्टिना श्रेष्ठले जितिन्। मिस फिगर र मिस फोटोजेनिक सहित सेकेन्ड रनरअपको उपाधि एन्जी लामाले हात पारिन्। फस्ट रनर अप र सेकेन्ड रनर अपले क्रमशः नगद ३० र २० हजार प्राप्त गरे।
त्यस्तै मिस वाक पल्लवी सुवाल, मिस डिसिप्लिन रोमा खड्का, मिस इन्टेलिजेन्ट सुजाता लामा, मिस ट्यालेन्ट रोशनी गौतम र मिस फ्रेन्डसिपको उपाधि युना राईले जितिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।