काठमाडौं- चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड ईनिसियटिभ- बिआरआईअन्तर्गतको ‘बेल्ट एन्ड रोड ईनिसियटिभ ट्याक्स एड्मिनिस्ट्रेसन मेकानिजम’ (ब्रिटाकोम)को नेपाल संस्थापक सदस्य हुने भएको छ।
बिहिबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ब्रिटाकोमको संस्थापक सदस्यका रुपमा नेपाल आबद्ध हुने जानकारी दिएका हुन्। यस सम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्न आन्तरिक राजश्व विभागका महानिर्देशकलाई अख्तियारी दिएको समेत उनले बताए।
बेल्ट एन्ड रोड परियोजना वान बेल्ट वान रोड (ओबिओआर) र सिल्क रोडका नामले पनि चिनिँदै आएको छ।
यो एसिया, युरोप, मध्यपूर्व, दक्षिण अमेरिका तथा अफ्रिकाका १ सय ५२ वटा मुलुक जोड्न चीनले तयार गर्न लागेको सडक सञ्जाल हो।
नेपालले सन् २०१७ मे मा चीनसँग ओबिओआरमा सहभागी हुने सहमतिपत्रमा हस्ताक्षर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।