एजेन्सी- आफ्नो 'आत्मकथा'मा बलिउड अभिनेता नवाजुद्दिन सिद्दकीले पूर्वप्रेमिकाहरूमाथि लेखेका कुराले उनी संकटमा परेका छन्। आत्मकथामा उल्लेखित पूर्वप्रेमिकाहरूले गम्भीर आपत्ति जनाएपछि नवाजले बजारबाट 'आत्मकथा' फिर्ता गर्नुपरेको छ।
नवाजको लेखनीबाट रूष्ट बनेकी सुनिता रजवारले उनीमाथि मानहानीको मुद्दा दायर गर्दै २ करोड भारू क्षतिपूर्ति माग गरेकी छन्। नवाजले 'मिस लभ्ली'की सहकर्मी कलाकारसँग आफ्नो शारीरिक सम्बन्ध भएको उल्लेख गर्दै सुनिताले आफूलाई गरिब भनेर छोडेको किताबमा लेखिएको छ।
किताब सार्वजनिकीसँगै किताबको सो अंश सञ्चार माध्यममा छापिएपछि नवाजले सस्तो लोकप्रियताका लागि आफ्नो बदनाम गरेको भन्दै सुनिताले आक्रोश पोखेकी थिइन्।
दायर मुद्दामा नवाजुद्दिनले माफी माग्नुपर्ने समेत माग गरिएको छ। नवाजको किताबको आफू लक्षित अंश सार्वजनिक भएपछि सुनिताले फेसबुक पोस्ट मार्फत नवाजको आलोचना गरेकी थिइन्। दायर मुद्दामा प्रकाशक र किताबका लेखकलाई समेत विपक्षी बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।