एजेन्सी- प्लेनमा हात हालाहाल भएपछि बिग्रिएको भारतीय कमेडियन कपिल शर्मा र सुनिल ग्रोभरको सम्बन्ध मित्रतामा परिणत भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले आफ्नो सम्बन्ध जोडेसँगै नयाँ टिभी कार्यक्रमका लागि साथै काम गर्ने योजना बनाएक छन्।
मुम्बईबाट प्रकाशित हुने 'मिड डे' पत्रिकाले कपिलले सुनिलसँग आफ्नो लामो समयदेखि भेटघाट नभएको तर च्याटमा भने कुरा हुँदै आएको खुलासा गरेको उल्लेख छ। कपिलको हवाला दिँदै समाचारमा हाल क्यानडामा रहेका सुनिल भारत फर्केलगत्तै नयाँ कार्यक्रमको लागि छलफल हुने जनाइएको छ। यससँगै शोका अन्य कलाकार पनि फेरि एकसाथ काम गर्न इच्छुक रहेको कपिलले बताएका छन्।
'मैले आफ्नो उपचार पनि सुरू गरेँ र साथमा धेरै पिउन पनि। मलाई ठिक हुन ३ महिना अझ लाग्नेछ र म यतिबेला खुसी महशुस गरिरहेको छु किनकि मैले उसैको अगाडि आफ्नो गल्ती स्वीकार गरेँ,' उनले भने, 'मैले सुनिललाई सन्देश समेत पठाएको छु। म उसैबाट आफ्नो फिल्मको ट्रेलर रिलिज गर्न चाहन्थेँ तर म यतिबेला क्यानडामा भएकाले सम्भव हुन सकेन।'
कपिलले अस्ट्रेलियाबाट भारत फर्केने क्रममा प्लेनमा रक्सी सेवन गरेर सुनिलमाथि जुत्ता प्रहार गरेका थिए। सो घटनापश्चात् सुनिलले कपिलको टेलिभिजन कार्यक्रम छोडेका थिए। पछि कपिलले सार्वजनिक रूपमा माफी मागे पनि सुनिल कार्यक्रममा फर्किएका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।