काठमाडौं- नेपाल बैकर्स एसोसिएसनले बैशाख १ गतेदेखि खोलिने बैंक खातामा १ सय रुपैयाँ राखिदिने सहमति गरेको छ। बुधबार बसेको एसोसिएसनको बैठकले सरकारले तय गरेको सबै नेपालीको बैंक खाता कार्यान्वयन गर्न यस्तो सहमति गरेको हो।
बचत खातामा राखिएको रकमको ब्याजदर भने बैंक अनुसार फरक हुने छ।
यसका साथै एसोसिएसनले बैशाख १ गते नयाँ बर्षको सार्बजनिक बिदाका दिन पनि सबै बैंकहरु खुला राख्ने सहमति गरेको छ।
सरकारको बजेट तथा कार्यक्रममा उल्लेख भएको कार्यक्रमलाई कार्यन्वयन गर्न प्रधानमन्त्रीले बैशाख १ गते बैंक खाता योजनाको सुरुवात गर्ने भएका छन्।
अभियानमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गर्ने छन्।
राष्ट्र बैंकका अनुसार, अहिले बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता खुलेका छन्। तर कति व्यक्तिका अझै पनि खाता छैनन् भन्ने यकिन तथ्यांक उपलब्ध छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।