माठमाडौं- 'ड्रिम गर्ल'बाट आश्मा गिरीले नवनायिकाको रूपमा नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छन्।
बिहीबार एक कार्यक्रमबीच घोषणा गरिएको 'ड्रिम गर्ल'बाट उनको फिल्मी करिअर सुरू हुन लागेको हो। फिल्ममा उनी अभिनेता आकाश श्रेष्ठको जोडी बन्नेछिन्।
भारतीय फिल्म निर्माण कम्पनी रिल एन्ड रियल सिनेमासँगको सहकार्य र आरबी मुभीको ब्यानरमा निर्माण हुने ‘ड्रिम गर्ल’लाई ऋषिराज आचार्यले निर्देशन गर्दैछन् । अर्जुन शर्मा र ऋषिराज आचार्य फिल्मका निर्माता हुन्।
फिल्ममा आकाश र आश्माका अलावा सरोज खनाल, विल्सनविक्रम राई, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहनेछ। फिल्मको निर्माण घोषणा कार्यक्रममा निर्देशक आचार्यले ‘ड्रिम गर्ल’ लाई राम्रो बनाउन सक्दो मेहनत गर्ने बताए। यस्तै, नायक आकाश खड्काले ‘ड्रिम गर्ल’ले आफ्नो ड्रिम पूरा गर्ने विश्वास व्यक्त गरे।
फिल्मलाई नेपालको रारा ताल, मुस्ताङसँगै दुबई र कतारमा छायांकन गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।