काठमाडौं- यो सिजनमा मात्रै विभिन्न हिमाल आरोहणका लागि स्वदेशी तथा विदेशी ६ सय १६ जनाले अनुमति लिएका छन्।
विभागका अनुसार ७० टोलीले सगरमाथालगायतका १९ हिमाल तथा पिक आरोहणका लागि अनुमति लिएका छन्।
जसमा सगरमाथा आरोहणका लागि २६ वटा विदेशी टीममा रहेकार २ सय ८८ जना र ४ नेपाली टोलीमा रहेको १२ जनाले हिमाल आरोहणका लागि अनुमति लिँदै रोयल्टी रकम तिरेको हुन्।
यसरी हिमाल आरोहणका लागि अनुमति लिनेसँग विभागले यो सिजनमा मात्रै ३९ करोड १५ लाख ८४ हजार रुपैयाँ भन्दा बढी रोयल्टी संकलन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।