काठमाडौं– गायक आनन्द कार्कीले दर्शकमाझ नयाँ गीत ल्याएका छन्। गायक कार्कीले ‘फुल्न त फुल्यौ’ बोलको नयाँ गीत सार्वजनिक गरेका हुन्।
एल्बम ‘नबिर्स’मा समाविष्ट यो गीतमा राजनराज सिवाकोटीको संगीत, आनन्द कार्कीको स्वर र घनबहादुर थापा मगरको शब्द सुन्न सकिन्छ।
गीतको म्युजिक भिडियो समेत बनेको छ। म्युजिक भिडियोमा प्रेमलाई रोमान्टिक शैलीमा देखाउन खोजिएको निर्देशक दिपेन्द्र केसीले बताए। म्युजिक भिडियोमा अनिल थापा, शृष्टि र पुराना कलाकार उमेश मायालुको अभिनय देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।