काठमाडौं- अन्तर्राष्ट्रिय उड्डयन नियम (नाटाम) विपरीत फ्लाई दुबईलाई उडान अनुमति दिइएको विषयमा विमानस्थल प्रमुख राजकुमार क्षेत्रीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले स्पष्टीकरण सोधको छ।
मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले क्षेत्रीलाई फोन मार्फत् फ्लाई स्पष्टीकरण सोधेका हुन्।
मंगलबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले १७ मिनेट ढिला हुँदा पनि विदेशी एयरलाइन्स फ्लाई दुबईलाई उडान भर्न दिएको छ। तर, यसअघि नोटाम जारी भएको भन्दै १९ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाजलाई भने ४ मिनेट समय ढिला हुँदा पनि उडान रोकेको थियो।
मंगलबार राती फ्लाई दुबईको बोइङ-७३७ विमानलाई भने विमानस्थल बन्द भइसकेको १७ मिनेटपछि पनि उडान गर्न दिइएको हो।
फ्लाई दुबईले मंगलबार राति ८ बजेर ४० मिनेटको उडान तालिका भएपनि राति १० बजेर १७ मिनेटमा उडान भरेको हो।
विमानस्थल कार्यालयले धावनमार्ग मर्मतका लागि राति १० बजेपछि उडान बन्दको अन्तराष्ट्रिय नियम (नोटाम) उल्लंघन गर्दै फ्लाई दुबईलाई मंगलबार राति उडान अनुमति दिएको हो।
तर, गत १९ गते भने नोटामकै कारण नेपाल एयरलाइन्सको जहाज रोकेर २ सय ७४ यात्रुलाई सास्ती दिने विमानस्थल कार्यालयले किन फ्लाई दुबईलाई १७ मिनेट पछि उडान दियो भन्ने प्रश्न उठेको छ।
१९ गते पनि विमानस्थलको टावर कन्ट्रोल रुमले विदेशी एयरलाइन्स ड्रागन एयरलाई उडान अनुमति दिँदै नेपाल एयरलाइन्सको उडान रोकेको थियो।
अन्तर्रा्ष्ट्रिय उड्डयन नियममा नोटाम जारी भएको समयमा उडान तथा अवतरण गराउन नपाउने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।