• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २८, २०८३ Thu, Jun 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

घोडाघोडी नगरपालिका : सामाजिक सुरक्षाभत्तामा अनियमिता नै अनियमिता

कमजोर वित्तीय जवाफदेहिता
64x64
नेपाल लाइभ बुधबार, चैत २७, २०७५  १५:४२
1140x725

धनगढी- कैलालीको घोडाघोडी नगरपालिकाले नियमविपरीत सामाजिक सुरक्षाभत्ता वितरण गरेको पाइएको छ। महालेखापरीक्षकको प्रारम्भिक प्रतिवेदनमा घोडाघोडी नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७२ विपरीत सामाजिक सुरक्षाभत्ता वितरण गरेको उल्लेख छ।

सामाजिक सुरक्षाभत्ता व्यक्तिगत बैंक खातामा जम्मा गर्नुपर्ने कार्यविधिमा व्यवस्था छ। तर निर्वाचित जनप्रतिनिधि आएपछि बैंकमार्फत् सामाजिक सुरक्षा वितरण नगरी नगदै वितरण गरेको सो प्रतिवेदनमा उल्लेख छ।  

प्रतिवेदनमा वडा नम्बर १ का वडासचिव प्रेम सुनारले 'दलित बालबालिका भत्ताबापत दुर्गा सुनारलाई दोस्रो किस्ता रकम वितरण गर्दा एउटै व्यक्तिलाई दुई ठाउँमा नाम दर्ता गरी १ हजार ६ सय रुपैयाँका दरले ३ हजार २ सय रुपैयाँ भुक्तानी गरेको' उल्लेख छ। 
त्यस्तै, जेष्ठ नागरिकको भत्ता (वृद्धभत्ता) वितरण गर्दा जोड जम्मा फरक पारी २४ हजार रुपैयाँ खर्च लेख्नुपर्नेमा ३२ हजार खर्च लेखिएको पाइएको छ। 

त्यस्तै, वडा नम्बर ४ र ९ का वडा सचिव यज्ञराज आचार्यले 'पहिलो, दोस्रो र तेस्रो किस्ताबापतको सामाजिक सुरक्षाभत्ता वितरण गर्दा जोड जम्मा २ लाख ५ हजार ७ सय रुपैयाँ हुनुपर्नेमा २ लाख ८ हजार ६ सय रुपैयाँ देखाएर बढी खर्च गरेको देखिएको छ। 

सो प्रतिवेदनमा भनिएको छ, 'बढी खर्च लेखेको २९ हजार ९ सय रुपैया निज सचिवसँग असुल गरी सञ्चित कोषमा दाखिला गर्नुपर्छ।' 

त्यस्तै, वडा सचिव यज्ञराज आचार्यले एकल भत्ताबापत नन्दी बुढालाई ४ महिनाको ४ हजार रुपैयाँ भुक्तानी दिनु पर्नेमा ८ हजारका दरले भुक्तानी गरेको देखिएकोसमेत प्रतिवेदनले उल्लेख गरेको छ। अतः बढी भुक्तानी भएको ४ हजार रकम जिम्मेवार व्यक्तिबाट असुल गरी दाखिला गर्नुपर्ने भनिएको  छ।

नियमविपरीत परामर्शदाता नियुक्त
घोडाघोडी नगरपालिकाको भवन निर्माणका लागि बजेट निश्चित नहुँदै परामर्शदाता नियुक्ति गरी रकम अनियमितता गरेको समेत उल्लेख छ। यसका साथै वनको जग्गा प्राप्त हुने निश्चित नहुँदै परामर्शदाता नियुक्ति गरिएको छ। त्यसको लागि ११ लाख ४१ हजार ३ सय रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। 

२०७४ चैत्र १५ गतेको निर्णयअनुसार सुखड बजारको उत्तरतर्फको जग्गामा नगरपालिकाको भवन बनाउन वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने भनिएको थियो। तर कार्यालयको भवन निर्माणका लागि मुनलाईट डेकोर जेभीसँग सिधै सम्झौता गरी भवन निर्माणको विस्तृत सर्भे तथा लागत अनुमान गरी अनियमितता गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ। 

nimb
nimb
Ncell 2
Ncell 2

नगरपालिकाको भवन सपिङ कम्प्लेक्स भवनको कुल लागत ६ करोड २० लाख ३५ हजार ६ सय ९४ रुपैयाँ अनुमान गरिएको छ। 

प्रस्तावित भवन निर्माण गर्ने निर्णय भएको जग्गा सामुदायिक वनको जग्गा रहेको बताइएको छ। महालेखापरीक्षको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, 'सामुदायिक वनको जग्गा भोगाधिकारको अख्तियारी प्राप्त भएको छैन भने भवन निर्माणको लागि बजेट सुनिश्चिता गरिएको छैन।'

बैठकभत्ता र सेवासुविधामा मात्र साढे १६ लाख 
घोडाघोडी नगरपालिकाले बैठकभत्ता र सेवा सुविधामा मात्र करीब साढे १६ लाख खर्च गरेको छ। पालिकाका पदाधिकारीले पनि भत्ता लिने गरेकाले भत्ता रकम बढी हुन पुगेको हो। तर यो कानुन विपरीत हो। 

प्रदेश सरकारद्वारा असार २५ गते राजपत्रमा प्रकाशित स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १२ मा पालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्यहरुलाई बैठकभत्ता सुविधा दिने व्यवस्था छैन। 

तर घोडाघोडी नगरपालिकाकाले नगरसभाको निर्णय नम्बर १४ मा २०७४ श्रावणदेखि असारसम्मको बैठकभत्ता वापत ९ लाख ७ हजार लिएको लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख रहेको छ। वडाका पदाधिकारीको मात्र  बैठकभत्ता ६ लाख ४८ हजार खर्च भएको देखिएको छ।

आयकर ऐन, २०५८ को दफा ९० मा भुक्तानीमा कर कट्टी गरेको रकम भुक्तान भएको महिनाको २५ गतेभित्र सम्बन्धित कर कार्यालयमा दाखिला नभएमा दफा ११९ बमोजिम १५ प्रतिशत ब्याजसमेत असुलउपर गर्ने व्यवस्था छ। 

नगरपालिकाकाले विभिन्न मितिमा कट्टा गरेको अग्रीम कर बापतको २४ लाख ७३ हजार ६ सय ७८ रुपैयाँ १४ पैसा, पारिश्रमिक कर बापतको ५ लाख ५९ हजार ४ सय २० रहेको छ। त्यसैगरी, सामाजिक सुरक्षा कर बापतको ३ लाख ३५ हजार ४ सय ३ गरी जम्मा कर ३३ लाख ७१ हजार ५ सय ७९ रुपैयाँ १४ पैसा २०७५ भदौ महिनाको १८ गते मात्र कर कार्यालयमा दाखिला गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।

विभिन्न मितिमा कट्टा गरेको बहाल कर बापतको ५६ लाख ६२ हजार ९ सय ६८ रुपैयाँ कर कार्यालयमा दाखिला नगरेको देखिएको छ। घोडाघोडी नगरपालिका-१० मा संचालित बुलबुले बहुमुखी क्याम्पसलाई जग्गा खरिदका लागि क्याम्पससँग सम्झौता गरी जग्गा खरिद गर्न १८ लाख रुपैयाँ दिने निर्णय नगरपालिकाको मिति २०७५ असार ९ गते बसेको बैठकले गरेको थियो।

तर क्याम्पसलाई कुनै सम्झौता नै गरी सो रकम नगद पेस्की दिएको पाईएको महालेखाको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। 

कमजोर वित्तीय जवाफदेहिता
कैलालीको घोडाघोडी नगरपालिकाले वित्तीय जवाफदेहिता मूल्यांकनमा समेत कमजोर रहेको सो प्रतिवेदनमा उल्लेख छ। 

महालेखापरीक्षकको कार्यालयले गरेको गत आर्थिक वर्ष २०७४/२०७५ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा घोडाघोडी नगरपालिकाले वित्तीय जवाफदेहिता मूल्यांकनमा ७० स्कोरका साथ बी ग्रेड पाएको छ। 

वित्तीय जवाफदेहिता मूल्यांकनमा ६० देखि ७९ स्कोरलाई ‘बी’ ग्रेड दिइन्छ। प्रतिवेदन अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ बमोजिम स्थानीय तहले सम्पादन गरेका काम मितव्ययी, प्रभावकारी, नियमित र दक्षतापूर्ण ढंगबाट सम्पादन गर्न र वित्तीय प्रतिवेदन प्रणालीलाई विश्वसनीय बताउन भनिएको छ। 

घोडाघोडी नगरपालिकाकाले नगरसभाबाट सार्वजनिक लेखा समिति गठन गरी आयव्यय हिसाब परीक्षण समेत नगरेको प्रतिवेदनमा उल्लेख छ। 

आर्थिक कार्यविधि नियमावली, २०७४ को निमय ९२ मा कार्यालयले विनियोजन गरेको राजश्व, धरौटी, जिन्सी र अन्य आन्दानी खर्चको लेखाजोखा महालेखापरीक्षकको कार्यालयबाट स्वीकृत ढाँचामा राख्नुपर्ने व्यवस्था रहेको छ। नगरपालिकाकाले सो बमोजिम लेखा राखेको देखिएको छैन। 

सार्वजनिक खरिद ऐन,२०६३ को दफ ६ बमोजिम सार्वजनिक निकायले तोकिए बमोजिम खरिदको गुरुयोजना तथा वार्षिक खरिद योजना तयार गर्नु पर्ने व्यवस्था रहेको छ। नगरपालिकाकाले सो अनुरुप खरिद योजना तयार नगरेको पाइएको छ। 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७५ (५) मा स्थानीय तहले स्थानीय सञ्चित कोषमा भएको आयव्यय चौमासिक शीर्षकगत विवरण तयार पार्नुपर्ने उल्लेख छ। सो विवरण संघीय अर्थ मन्त्रालय, प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाउनुपर्ने व्यवस्था छ।

तर नगरपालिकाले चौमासिक विवरण तोकिएको निकायमा नपठाएको लेखापरीक्षकको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १५:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छन् : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी, हर्क साम्पाङले जनाए आपत्ति
इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहेकाले ममाथि हिलो छ्यापियो : अर्थमन्त्री वाग्ले
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री बिहीबार, जेठ २८, २०८३
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग बिहीबार, जेठ २८, २०८३
आजदेखि सुरु हुँदै फिफा विश्वकप २०२६ बिहीबार, जेठ २८, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिबाट राष्ट्र संकटतर्फ गएको बादलको टिप्पणी, समाधानका तीन विकल्प प्रस्तुत बुधबार, जेठ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित–पोषितबाट हामीमाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री बुधबार, जेठ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्