एजेन्सी- पतिबाट अलग भएपछि बलिउड अभिनेत्री करिश्मा कपुरले लामो समयदेखि सन्दीप तोशनीवालासँग डेट गइरहेकी छन्। अब भने करिश्माका लागि डेटपछि दोस्रो विवाहको लागि बाटो खुलेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पत्नी आश्रितासँग सात वर्षदेखि जारी सन्दीपको डिभोर्स मुद्दा सहमतिमा टुंगिएपछी करिश्मालाई विवाहको बाटो खुलेको हो।
बलिउड अभिनेता अभिषेक बच्चनसँग विवाहको नजिक पुगेर इन्गेज्मेन्ट भए पनि अन्तिम समयमा विवाह हुन सकेको थिएन। त्यसपछि करिश्माले व्यवसायी सञ्जय कपुरसँग विवाह गरिन्। सञ्जयसँगको करिब १२ वर्ष लामो वैवाहिक जीवनलाई पनि गत वर्ष उनले टुङ्ग्याएकी थिइन्।
यसपछि डिभोर्सको प्रक्रियामा रहेका सन्दीपसँग करिश्मा जोडिन आइपुगेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।