• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

धनगढीमा एडिबीकाे सहयाेगमा बन्ने सडककाे चौडाइ घट्ने, नगर प्रमुख भन्छन्– मापदण्ड यथावत रहन्छ

64x64
नेपाल लाइभ बुधबार, चैत २७, २०७५  ०८:१६
1140x725

धनगढी- धनगढी उपमहानगरपालिकाले एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भइरहेका सडकहरूको चौडाई कम गरेको छ।

एडिबीसँग भएको सम्झौताअनुसारको चौडाईका सडक निर्माणमा सडक किनारका घर तथा जग्गाधनीसँगको विवादको समाधान गर्न नसकेपछि धनगढीको मुख्य सडक तथा अन्य शाखा सडकहरुको चौडाई घटाइएको छ।

मंगलबार उपमहानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख नृपबहादुर वडले मुख्य सडकको चौडाई ३० मिटरबाट घटाएर २४ मिटर कायम गरिएको जानकारी दिए।

एडिबीको ऋण सहयोगमा धनगढीमा पहिलो चरणमा ७ वटा सडकको निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी गरिएकाे छ। उपमहानगरपालिकाले पहिलो चरणमा निर्माण भइरहेका सबै ७ वटा सडकको यसअघि एडिबीसँग भएको सम्झौताविपरीत चौडाई घटाएर निर्माण गर्ने गरी २ साताभित्रै टेन्डर आव्हान गर्ने जनाएको छ।

पत्रकार सम्मेलनमा नगर प्रमुख वडले भने, 'यसअघि ३० मिटर चौडाई कायम गरिएको धनगढीको मुख्य सडकको चौडाई ६ मिटर कम गरेर २४ मिटर राखिएको छ। त्यस्तै, यसअघि २४ मिटर चौडाई कायम गरिएको चटकपुर–क्याम्पसगेट सडक अब १६ मिटर चौडाईको बन्नेछ।' नगर प्रमुख वडले सडकहरूको चौडाई घटाइए पनि मापदण्ड भने फेरबदल नगरिएको दाबी गरे।

एडिबीले धनगढी उपमहानगरपालिकामा फोहोर मैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल साइट) निर्माणलाई पहिलो प्राथमिकतामा राखेको भए पनि उपमहानगरपालिकाले स्थानीयसँग सहमति जुटाउन सकेको छैन। ल्याण्डफिल साइट निर्माणमा सहमति जुट्न नसकेपछि एडिबीले विवाद नआउने गरी सडक निर्माण कार्यलाई अगाडि बढाउन सहमति दिएको नगर प्रमुख वडले बताए। तर, उपमहानगरपालिकाले विवाद नभएका सडकहरुको समेत चौडाई घटाएर सडक निर्माण गर्ने तयार गरेको छ।

विवाद समाधान गर्ने भन्दै उपमहानगरपालिकाले निर्माण हुने सडकहरुको चौडाई घटाएपछि ती सडकले धनगढीको जनघनत्वलाई आउँदो १० वर्ष मात्रै धान्ने आँकलन गरिएकाे छ। पत्रकार सम्मेलनमा क्षेत्रीय शहरी विकास आयोजनाका इञ्जिनियर एवं सूचना अधिकारी रुपचन्द्र बुढाथोकीले चौडाई घटाएर निर्माण गरिने सडकहरूले आउँदो १० वर्षसम्ममात्र धनगढीकाे जनसंख्याको चापलाई थेग्ने दाबी गरे।

Ncell 2
Ncell 2
nimb
nimb

कुन सडककाे मापदण्ड अब कस्ताे?

धनगढी उपनगरपालिकाले मुख्य सडक ३० मिटरको सट्टा अब २४ मिटर कायम गरेको छ। त्यस्तै, धनगढी क्याम्पसगेट देखि जोखरतालसम्म २१, चटकपुरदेखि क्याम्पसगेटसम्म र धनगढीदेखि खुटिया (स्याउले) सम्मको सडक १६ मिटर चौडाई कायम गरिएको छ। भने हसनपुर रोड, प्रहरी गुल्म–चौराहा र मालपोत रोडको चौडाई १० मिटर कायम गरिएको छ।

एडिबीको सहयोगमा बन्ने ३ दशमलब ९९ किलोमिटरको धनगढी मेनरोड (चौराहदेखि कैलाली पुल)को चौडाई २४ मिटर मात्रै हुने भएपछि त्यसको एकतर्फी सडक ७ मिटर हुनेछ भने सडकको दुबैतर्फको साइकल लेनको चौडाई डेढ मिटरमात्र रहनेछ। त्यस्तै, दुबैतर्फ आधा मिटरको ड्रेन र २ मिटरको फु्टपाथ बन्नेछ। सडकको बीचमा एक मिटरको डिभाइडर रहने छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी, घटाएर १६ मिटर चौडाई कायम गरिएका सडकको मुख्य बाटो ७ मिटरको हुनेछ। तर, ती सडकमा साइकल लेन, ड्रेन र फुटपाथ भने २४ मिटर चौडाई भएको सडक सरह नै हुने जनाइएको छ। त्यस्तै, १० मिटर चौडाई भएका सडकमा साइकल लेन नबन्ने र एक दशमलव ७५ मिटरको फुटपाथ मात्र बन्ने‍छ।

कहाँ र कति सडक बन्दैछ?

उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार एडिबीसँग सम्झौता भएको ४२‍‍‌.९६२ किलाेमिटर सडकमध्ये १०.२५० किलोमिटर सडक पहिलो चरणमा निर्माण हुनेछ।

पहिलो चरणमा निर्माण गर्ने सम्झौता भएका सडकमा प्रहरी गुल्मदेखि चौराहासम्म २ किलोमिटर ७ मिटर, धनगढी मेनरोड १ किलोमिटर ३८ मिटर र चटकपुरदेखि क्याम्पसगेटसम्म ३ दशमलब ६५ किलोमिटर रहेका छन्।

त्यस्तै, धनगढी–क्याम्पसगेट–जोखरताल सडक ७० मिटर, होटेल डिभोटीदेखि पिपल चौतारासम्म ८७, हसनपुर रोड १ दशमलब १५ किलोमिटर र मालपोत रोड ४३ मिटर रहेका छन्।

एसियाली विकास बैंकले धनगढी उपमहानगरपालिकाका लागि सन् २०१५ मा छुट्टयाइएको १ अर्ब ३५ करोड रुपैयाँ बजेटमा सवा १० किलोमिटर सडक मात्रै निर्माण गर्न सकिने भएकाले २ चरणमा निर्माण गरिन लागेको आयोजनाका सूचना अधिकारी बुढाथोकीले बताए।

एडिबीको सहयोगमा धनगढी बेलीगाउँ ६ दशमलब ३८, धनगढी–त्रिवेणी २ दशमलब ४६ किलोमिटर र धनगढी–मोहना २ किलोमिटर ४ मिटर सडक निर्माणको सम्झौता भएको छ। त्यस्तै, पुरानो भन्सार रोड, प्रहरी गुल्म–चौराहा, धनगढी-मेनरोड, धनगढी–क्याम्पसगेट–जोखरताल, चटकपुर–क्याम्पसगेट, डिभोटी–पिपलचौतारा तथा नगरपालिका रोड रहेका छन्।

रातोपुल–तारानगर, चटकपुर–राजघाट, बोराडाँडी–तारानागर हुँदै खुटिया, बोराडाँडी–फाप्ला, खुटिया रोड, जोखरताल रोड, उत्तरबेहडी रोड, हसनपुर रोड, जुगेडा रोड, ल्याण्डफिल साइड रोड, मालपोत रोड, नैनादेवी रोड र फूलवारी रोड बनाउने सम्झौतासमेत भएको छ।

एडिबीसँग भएको सडक निर्माण सम्झौताअनुसार बन्ने सडकले उपमहानगरपालिकाका वडा नम्बर ३, ६, ९, ११, १३, १४, १५, १६, १७, १८ र १९ लाई भने समेटेको छैन।

नगर प्रमुख वडले धनगढीलाई 'स्मार्ट सिटी' बनाउने लक्ष्यअनुसार सडकहरू निर्माण गर्दा विद्युत र  टेलिफोन केवललाई 'अन्डरग्राउण्ड' गरिने बताए।

घरसंरचना ३० मिटर बाहेक नै बनाउनुपर्ने

उपमहागरपालिकाले सडकको चौडाई घटाए पनि नगरबासीलाई घर निर्माणका लागि सडकबाट ३० मिटरभन्दा बाहिरमात्रै संरचना बनाउने गरी नक्सापास गर्ने गरेको छ। धनगढीको मेनरोडमा चौडाई घटाएर २४ मिटर कायम गरिए पनि अझैं थुप्रै घरसंरचना सडकको सिमानाभित्र रहेका छन्।

यद्दपि, एडिबीसँग आयोजना कार्यान्यवन गर्दा बढीमा ४२ वटा संरचना मात्रै भत्काउने उपमहानगरपालिकाले सहमति गरेको बताइएको छ।

(धनगडी बजारकाे एरियल भ्यू तस्बिर-रेडियाे डेलिमेल)

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  ०८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्