दार्चुला- नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि वाम गठबन्धन समाप्त हुने बताएका छन्।
नेपाली कांग्रेस दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै बडूले एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनको कुनै नाम नभएको भन्दै चुनावपछि गठबन्धन बिलाएर जाने ठोकुवा गरे।
'वामपन्थीको षडयन्त्र देखेर नेपाली जनता सशंकित भएका छन्,' उनले भने, 'गठबन्धनका कारण अस्थिरतातर्फ लग्ने षड्यन्त्र भइरहेको छ।' कम्युनिस्ट अधिनायकवाद लाद्ने उद्देश्यका साथ एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएको आरोप लगाउँदै उनले संविधानसभाबाट जारी भएको संविधानलाई कुल्चने मनसायका साथ वाम गठबन्धन बनेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।