तुलसीपुर, दाङ- मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ दाङबाट ८ महिला चुनावी मैदानमा उत्रिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार प्रतिनिधिसभा सदस्यमा ४ र प्रदेशसभामा ४ जना महिला चुनावी मैदानमा उत्रेका हुन्।
प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी सुशीला चौधरी, प्रतिनिधिसभा सदस्यका लागि सोही क्षेत्रबाट नेकपा (माले) बाट रेखा केसी, दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट दिलमाया बुचा र प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं ३ बाट राष्ट्रिय जनमोर्चाबाट कमला जिसी चुनावी मैदानमा उत्रिएका छन्।
त्यसैगरी, प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नं १ (क) बाट नेकपा (माले) की सविता जिसी (पाण्डे), दाङ क्षेत्र नं २ (क) बाट राष्ट्रिय जनमुक्ति पार्टीका आशा नेपाली, क्षेत्र २ (क) बाट नै नयाँशक्ति पार्टीका पद्मा बानियाँ र दाङ क्षेत्र नं ३ क बाट राष्ट्रिय जनमुक्ति पार्टीका लिला पहाडीको उम्मेदवारी परेको छ।
दाङमा प्रतिनिधिसभा सदस्यका लागि ४ महिलासहित जम्मा ३० जना उम्मेदवार प्रतिस्पर्धा छन् भने प्रदेशसभा सदस्यका ४ महिलासहित ५१ जनाको उम्मेदवारी परेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।