काठमाडौं– राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच एकता प्रयास जारी छ।
यसै सन्दर्भमा मंगलबार राजपाले फोरमलाई पत्र पठाएको छ। पार्टीका अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले फोरमलाई पत्र पठाउँदै फोरमले यसअघि पठाएको पत्रलाई सकारात्मक भएको बताएका छन्।
'सत्तापक्ष र प्रतिपक्ष बीच एकीकरण सम्बन्धमा यहाँहरुले आपसी सहमति र समझदारीकै आधारमा यस्ता विषयहरु हल गर्ने सक्ने सकारात्मक कुरा गर्नुभएकोले यस विषयमा थप वार्ता र संवाद गर्न सकिन्छ', पत्रमा भनिएको छ।
पत्रमा राजपाका तर्फबाट राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति गठन भइसकेको जानकारी पनि गराइएको छ।
'वार्ता र संवादले जस्तोसुकै अवरोध हट्ने हुनाले एकीकरण प्रयास पनि छिट्टै निश्कर्षमा पुग्ने विश्वास लिएको छु', पत्रमा भनिएको छ।
यो पनि पढ्नुहोस्– राजपा–फोरम एकता : सम्भावना र कठिनाइका ४/४ आधार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।