• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राजपा–फोरम एकता : सम्भावना र कठिनाइका ४/४ आधार

64x64
किशोर दहाल आइतबार, चैत १०, २०७५  १८:२३
1140x725

मधेस केन्द्रित राजनीति गरिरहेका दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले एकताका लागि सक्रियता बढाएका छन्। दुई दलबीच एकता प्रक्रियाको सम्भावना बढाउने गरि पत्र नै आदानप्रदान भइसकेको छ।

फोरमले गत पुस १९ गते नै एकताको लागि हात बढाउँदै राजपालाई पत्र पठाएको थियो। 'देशले आज श्रमजीवी वर्ग तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरु बीच एकता खोजिरहेको छ', फोरमले पठाएको पत्रमा भनिएको थियो।

उसले नेकपा र कांग्रेसलाई यथास्थितिवादी शक्ति करार गर्दै आफूहरुको एकता आवश्यक रहेको सन्देश राजपालाई दिएको थियो।

पत्र पाएर पनि एक महिनासम्म चुपचाप देखिएको राजपाले गत फागुन ३० गते सो पत्रको जवाफ पठायो। राजपा गठनका बेला नै फोरमको अनुपस्थितिले मधेसी लगायत शोषित, पीडित, उपेक्षित समुदाय, वर्ग र क्षेत्रका जनताको वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियान अपूर्ण भएको उसको पत्रमा उल्लेख छ। 'यस अपूर्णतालाई पूर्णता प्रदान गर्ने तथ्यप्रति फोरमको पत्रले राजपा पुनः आशावादी हुन पुगेको छ', उसको पत्रमा भनिएको छ।

एकताको लागि राजपाले केही सर्त समेत पठाएको छ। विशेषगरी फोरम सत्तामा रहिराख्दासम्म एकता नहुने संकेत गरेको छ।

राजपाको पत्रमाथि फोरमले चैत ६ गते जवाफ पठाएको छ। त्यहाँ उसले राजपाका सर्तलाई सम्बोधन गर्न खोजेको देखिन्छ। उसले कोही सरकार र कोही प्रतिपक्षमा भएकै कारणले मात्र एकीकरण जस्तो महत्त्वपूर्ण कार्यमा अवरोध हुनु नहुने बताएको छ। 'हामीले एक–अर्कामाथि आरोप प्रत्यारोपमा समय र शक्ति खर्च गर्नुभन्दा पनि मुलुकको वर्तमान परिस्थिति, आवश्यकता र शोषित, पीडित जनतामाथिको मुक्तिको सवाललाई नै महत्त्व दिई देश र जनताको भविष्यलाई ध्यानमा राखेर कार्य गर्नु नै उचित हुने जस्तो लाग्दछ', फोरमको पछिल्लो पत्रमा भनिएको छ।

त्यसो त एकताका लागि दुवै दलले वार्ता समिति गठन गरेका छन्। फोरमको गत मंसिर २३ गते नै बसेको बैठकले विभिन्न राजनीतिक दलसँग एकताका लागि वार्ता गर्न सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता कार्यदल गठन गरेको थियो। राजपाले भने अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो संयोजक रहेको वार्ता समिति गठन गरेको हो। समितिका अन्य सदस्यहरु केशव झा, सुनिल रोहित, रमेश यादव तथा वृषेशचन्द्र लाल छन्।

साह्रै सकारात्मक प्रतीत हुने एकीकरणको यो पहलले मूर्त रुप पाउने सम्भावना छ त? छ। त्यसका केही आधारहरु पनि छन्।

nimb
nimb

पटकपटक सहकार्य गरेका शक्ति
राजपा र संघीय समाजवादी फोरमको रुपमा समेटिनुअघि फरकफरक दलका रुपमा रहेका यी दुई शक्तिले सहकार्य गरेका छन्। पहिलो संविधानसभा गठन हुनुअघि पनि फोरम, तमलोपा तथा सद्भावनाले संयुक्त रुपमा आन्दोलन गरेका थिए। त्यसबेलादेखि सहकार्य गरेका मधेस केन्द्रित दलहरु पछि विभिन्न टुक्रामा विभाजित भइसक्दा पनि कैयौं आन्दोलनमा सँगै उभिएका छन्। संविधान जारी हुँदाताकाको आन्दोलन पनि सँगै गरे। भारतीय नाकाबन्दीलाई पनि सँगै सघाए।

आन्दोलन मात्रै होइन, गत वर्ष सम्पन्न भएको चुनावमा पनि उनीहरु सँगै उभिए। अहिले पनि प्रदेश २ को सरकारमा सँगै छन्।

पटकपटक सहकार्य गर्नुको अर्थ दुवै दलबीच धेरै समानता र नजिकको सम्बन्ध छ भन्ने स्पष्ट हुन्छ। एकीकरणको लागि यस किसिमको विशेषता अनिवार्य छ।

समान लक्ष्य
राज्यले मधेसलाई विभेद गरेको हुनाले त्यसबाट मुक्ति दिलाउने भाष्य दुवै दलबीच पाइन्छ। त्यसमा यदाकदा दलित, जनजाति लगायत उत्पीडित वर्गको मुक्ति पनि थपिन्छन्। ठूला दललाई बुझ्ने उनीहरुको तर्क फरक छैन। बेलाबेलामा चल्तीको राजनितिबाट फाइदा लिने र बेलाबेलामा विद्रोही बन्ने स्वभाव पनि समान छ। कहिलेकाहीँ को बढी विद्रोही कहलिने भन्नेमा प्रतिस्पर्धा गर्नु बाहेक दुवै दलमा खासै कटुता पाइँदैन। यी दुवै दलको चुनावी घोषणापत्र देखि मतदातासम्ममा खासै अन्तर पनि छैन।

अहिलेका लागि संविधान निर्माण हुँदै गर्दाताकाको आन्दोलनको आधार पुष्टि गर्न पनि अहिलेको संविधानमा संशोधन गराउने प्रयास जारी छ। दुवै दल मिल्ने प्रयास भइरहँदा कुनै सैद्धान्तिक अप्ठ्यारा, रणनीति तथा कार्यनीतिमा जुहारी देखिने छैन। एकताको लागि सहजता नै छ।

मूलधारको पेलान
यी दुवै दलको गठन नै राज्यद्वारा मधेसमा विभेद गरिएको छ भन्ने भाष्यमा सम्भव भएको हो। तर, दुवै दल आफैंमा मूलधारका दलप्रति सन्तुष्ट छैनन्। यो विगतदेखि नै चलिआएको प्रचलन हो। बेलाबखत त्यस्ता असन्तुष्टि कडा रुपमा र परिस्थितजन्य अवस्थामा नरम रुपमा प्रकट हुन्छन्।

'त्यो पार्टीले यथास्थितिवादीसँग सहकार्य गरेर देशमा यथास्थितिवादलाई मतजल गर्ने, मनोमानी गर्न उक्साउने र अग्रगमन एवं परिवर्तनकारी शक्तिलाई धम्क्याउने दुस्साहस गर्नलाई पुग्नेगरी दुई तिहाइको संसदीय गणितलाई ग्यारेन्टी गर्दै मजबुती प्रदान गर्ने काम गरिरहेको छ, जुन अत्यन्तै दुर्भाग्यपूर्ण छ', राजपाले फोरमलाई पठाएको फागुन ३० को पत्रमा भनिएको छ।

सिके राउत नेतृत्वको समूहलाई मूलधारको राजनीतिमा ल्याउँदै गर्दा प्रधानमन्त्रीले राजपालाई 'रिसाएको बिरालोले खाँबो चिथोरेको' भन्दिए। साथै, 'सिके राउतलाई देखाएर मधेसमा रोटी सेक्ने' भन्दै मधेस केन्द्रित राजनीति गर्ने अन्य दलहरुलाई अप्रत्यक्ष रुपमा तेजोबोध गरेको सन्दर्भसँग राजपाको यो धारणा जोडिन्छ। फोरम अहिले सरकारमै सहभागी भएका कारण उसको भाषा केही नरम हुनसक्ला, तर मुख्य दलप्रतिको बुझाइ पक्कै फरक छैन।

अर्कोतिर, प्रधानमन्त्रीले पटकपटक संकेत गरेका तर सम्भव नभएको संविधान संशोधनको विषयमा पनि दुई दलबीच समानखालको बुझाइ छन्। आफ्ना मागहरु सुनुवाइ नगरेका कारण राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।

फोरमले पनि सरकारमा सहभागी हुने बेला सरकारसँग गरेको सहमति बमोझिम संविधान संशोधनको पहल नभएकोमा असन्तुष्टि राख्दै आएको छ। गत मंसिर २१ मा फोरमका नेताहरुले प्रधानमन्त्रीसहित नेकपाका केही मुख्य नेताहरुलाई बालुवाटारमै भेटेर ११ बुँदे ध्यानाकर्षण पत्र बुझाए।

'संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानको मान्यता, राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न र राष्ट्रिय समस्याहरुलाई हल गर्न समेतका लागि संविधान संशोधन गर्न आवश्यक गृहकार्य गरी संसदको यसै सत्रमा विधेयक पारित गराउन' फोरमले ध्यानकर्षण पत्रमार्फत आग्रह गर्‍यो।

सिके राउतको मूलधार
मधेसलाई बेग्लै देश बनाउने भन्दै ६ वर्षदेखि अभियान चलाइरहेका सिके राउतले गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरे। त्यतिमात्रै होइन, चैत ३ र ४ मा बसेको सो समूहको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला)ले 'जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडि बढ़ने निर्णय' गर्‍यो।

रोचक चाहिँ के छ भने, सिके राउतसँग सहमति पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले राउतको निकै प्रशंसा गरे। प्रधानमन्त्रीले राउतमा असाधारण निर्णय क्षमता देखेको भन्दै नेकपाकै अर्का अध्यक्ष प्रचण्ड तुलना गरे। 'टेक्नोक्रेट मात्र होइन, थिंकर पनि हो सिके राउत', प्रधानमन्त्रीले भनेका थिए।

राउत अहिले राजनीतिका प्रभावशाली खेलाडी होइनन्। तर, खुला राजनीतिमा होमिएका कारण मधेसमा अर्को विकल्पको रुपमा रहन्छन् नै। सरकारसँग सम्झौताअघि उनी जुनखालको अभियानमा विश्वास गर्थे, त्यसको धेरथोर रंग चुनावी राजनीतिमा पनि देखिनु अनौठो हुने छैन। खेल खेल्नेहरुका निम्ति अनेक मैदान तयार हुनसक्छन्। त्यस्ता खेलहरुको असर राजपा र फोरमजस्ता शक्तिले पक्कै भोग्नुपर्ने छ। आफ्नो बलियो उपस्थितिको लागि यी शक्तिले रणनीति बनाउनु अनौठो होइन।

तर, दुई पार्टीबीचमा एकताका लागि जति सम्भावनाका आधारहरु छन्, त्यति नै कठिनाइ पनि छन्।

राजपाको गठन र छुटेको फोरम
६ वटा मधेसकेन्द्रित दलहरु मिलेर ०७४ बैसाख ७ गते राष्ट्रिय जनता पार्टी गठन गरेका थिए। मधेसलाई केन्द्र बनाएर संघर्ष गर्दै आएका महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी मिलेर राजपा, नेपाल गठन गरेका थिए।

त्यतिबेला फोरम एकता प्रक्रियामा सहभागी भएन। अन्य दल एकीकरणको लागि प्रयास गरिरहँदा ऊ भने चुनावी तयारी गरिरहेको थियो।

फोरम अध्यक्ष यादवले राजपा गठनलाई सहज रुपमा लिएनन्। उनले राजपालाई शरीर अरुले नै जोडिदिएको तर आत्मा नजोडिएको भन्दै एकताप्रति नै सन्देह व्यक्त गरे। त्यसपछि पनि यादवले पटकपटक राजपाका अध्यक्ष मण्डलको निर्णय शैलीलाई लिएर आलोचना गर्ने गरेका छन्। त्यसमाथि, विगतमा आफ्नै पार्टी पटकपटक चोइटिएको भोगेका र अन्य मधेस केन्द्रित दलको विभाजनको शृंखला देखेका यादवले एकतामा अरुची देखाउने गरेका थिए।

यादवले विगतबाट पाठ सिकेका छैनन् भन्न सकिँदैन।

सरकार पक्ष र विपक्षमा विभाजित
अहिले फोरम सरकारमै सहभागी छ भने राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था छ। यही अवस्थामा दुई पार्टीबीच एकता हुन नसक्ने राजपाका नेताहरुले बताउँदै आएका छन्। फोरमलाई पठाइएको पत्रमै पनि उसले प्रश्न गरेको छ– 'वर्तमान अवस्थामा केन्द्रीय राजनीतिको दुई ध्रुब सत्ता पक्ष र प्रतिपक्षमा रहेका हामीबीच कसरी एकता गर्ने?'

अर्कोतिर, राजपासँग एकताकै लागि सरकार छाड्ने अवस्थामा फोरम देखिँदैन। बरु उसले एकतापछि सरकारमा रहने वा नरहने विषयमा छलफल गर्न सकिने भनेको छ। राजपालाई पठाएको पत्रमा उसले भनेको छ– 'हाम्रा दुई पार्टीहरुबीच एकीकरण हुनासाथ सरकार वा विपक्षमा कहाँ रहेर के कार्य गर्ने र कस्तो भूमिका खेल्ने हो? एकीकरण पछि बनेको एकीकृत पार्टीले सो सम्बन्धमा निर्णय गरे अनुसार नै हुने गरी पार्टी एकीकरणको प्रक्रियालाई अगाडि बढाउन सकिन्छ अथवा आपसी सहमति र समझदारी कै आधारमा यस्ता विषयहरु हल गर्न सकिन्छ।'

अर्थात्, राजपा फोरमले सरकार छाडेपछि मात्रै वार्ता सम्भव हुनसक्छ भन्ने बुझाइमा छ। एकताअघि राजपा सरकारमा जाने र सत्ताधारी शक्ति बनेर एकता हुने सम्भावना तत्काललाई देखिँदैन। सत्ता आरोहणका सम्भावित आधारहरु सकिएर राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। त्यसैले फोरमलाई पनि सरकारबाट फिर्ता ल्याउनसके उसले सरकारमाथि नैतिक दबाब थप्न सक्छ।

तर, फोरम भने एकताकै लागि सरकारबाट बाहिरिनुपर्ने मूल्य तिर्न नचाहेको देखिन्छ।

नेतृत्वमा फरक अभ्यास
फोरम आज जुन स्थानसम्म आइपुगेको छ, त्यसमा उपेन्द्र यादवको मेहनत बढी देखिन्छ। त्यसैले पार्टीको निर्णय प्रक्रियामा उनी हाबी छन्। कम्युनिस्ट पृष्ठभूमिको प्रभाव उनको निर्णयहरुमा पनि देखिन्छ। निर्णय प्रक्रियामा आफूले भनेझैं हुनुपर्ने स्वभावको प्रभाव यो दलमा छ।

अर्कोतिर, पटकपटक आफ्नो पार्टी फुटाएर अध्यक्ष बनेका नेताहरु अहिले राजपाका अध्यक्ष मण्डलमा छन्। राजनीतिक निरन्तरताको हिसाबले उनीहरु अविश्वसनीय शक्ति हुन्। उनीहरुबीच सैद्धान्तिक पृष्ठभूमि फरक छ। निर्णय लिने प्रक्रिया र क्षमता पनि फरक छ। जसको असर राजपाको राजनीतिक निर्णयहरुमा पनि देखिने गरेको छ। स्वयं उपेन्द्र यादवले राजपामा ६ वटा अध्यक्ष भएका, ६ तिरै फर्किएका भएकाले समान धारणा बन्नु नै असम्भवप्राय भएको बताउने गरेका थिए।

यस्तो दुईथरि राजनीतिक पृषठभूमि र अभ्यास भएका शक्तिहरुको एकता नेताहरुको स्वभावकै कारण पनि कठिन छ।

एकतापछि नेतृत्व कसले गर्ने?
राजपा गठनका बेला नै नेताहरुमा देखिएको पदीय मोहका कारण ६ जना अध्यक्ष रहने अनौठो व्यवस्थाको सुरुवात भयो। दुई वर्षको अभ्यासका कारण सबैले शक्तिको अभ्यास गरेका छन्। पछिल्लो समय सुरु भएको चक्रिय प्रणालीका कारण त्यो अभ्यास झनै सहज भएको छ। त्यहीँ गुट र उपगुट छन्।

पहिले एनजिओ र पछि राजनीतिक दलको रुपमा फोरमको अविच्छिन्न नेतृत्व गरेका उपेन्द्र यादवले पार्टीभित्र कहिल्यै प्रतिस्पर्धी शक्ति भोग्नुपरेन। बेलाबखत टकराएका जेपी गुप्ता तथा विजय गच्छदार पनि धेरै पर पुगिसके। उनै सधैंभरि एकल नेतृत्वकर्ता भएर बसे।

यस्तो अवस्थामा एकीकृत पार्टीको नेतृत्व कसले गर्ने त?

विगतका संघर्षका बेला मधेसी मोर्चाको नेतृत्व गरेका कारण यादव एकीकृत पार्टीका नेतृत्वको दाबेदार हुन्। बिरासतका हिसाबले महन्थ ठाकुर अर्का दाबेदार हुन्। राजपाका अध्यक्ष मण्डलका अन्य नेताहरुको पनि भूमिका स्पष्ट हुनु जरुरी बन्ने छ।

नेपालमा पार्टी एकताको बहस चल्दै गर्दा नेतृत्व कसले गर्ने प्रश्न जबर्जस्त उठ्ने गर्छ। नेतृत्वमै कुरा नमिलेकै कारण एकता भाँडिएका वा बहुअध्यक्षीय प्रणाली अपनाइएका उदाहरण हामीसँग छन्। फोरम र राजपाले कसरी निकास खोज्लान्, त्यसले पनि एकताको सहजता प्रष्ट पार्ने छ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  १८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? सरकारले उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरेको दाबी गरिरहेको छ। सामाजिक सञ्जालमा सरकारी सक्रियताका तस्वीर र सूचना पनि आइरह... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
यूएईले १ करोड अमेरिकी डलरको राहत सामाग्री नेपाल पठायो मंगलबार, भदौ १६, २०८३
आज फेरि सर्वदलीय बैठक बस्दै मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
२७ जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सम्भावना मंगलबार, भदौ १६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
प्रधानमन्त्री बालेनलाई अपर त्रिशूली–३ बी आयोजनाबाट हराएका इन्जिनियरकी बहिनीको मार्मिक पत्र सोमबार, भदौ १५, २०८३
बालेनले निजी फेसबुक अकाउन्टमा सरकारी कामको जानकारी दिएकोमा कटाक्ष सोमबार, भदौ १५, २०८३
कृष्णभीर भासिएपछि कहाँबाट आउँदैछ काठमाडौंमा ग्यास ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्