• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण

64x64
नेपाल लाइभ आइतबार, असार २२, २०८२  २०:१९
1140x725

काठमाडौं– सरकारले दैलेखबाहेक देशका १० स्थानमा पहिचान गरिएका पेट्रोलिअम पदार्थ रहेका सम्भावित स्थानहरूमा भने पछिल्लो समय अन्वेषणको कुनै गतिविधि नगरेको अधिकारीहरूले बताएका छन्।

दैलेखमा गरिएको अन्वेषणका क्रममा प्राकृतिक ग्यासको भण्डारण रहेका सङ्केतहरू भेटिएपछि सरकारले त्यसको परीक्षण र व्यावसायिक उत्पादनको योजना बनाइरहेको छ।

पश्चिमको धनगढीदेखि पूर्वको विराटनगरसम्मका चुरे क्षेत्रमा पेट्रोलिअम पदार्थको भण्डारण रहेको हुन सक्ने सङ्केत ४५ वर्ष अघि गरिएका अध्ययनहरूले नै देखाएका थिए। थप अध्ययनपछि पेट्रोलिअम भण्डारणका सम्भाव्य स्थानलाई १० खण्ड अर्थात् क्लस्टरमा विभाजित गरेको थियो।

अध्ययन र अन्वेषणका लागि त्यसमध्ये कतिपय स्थानहरूको जिम्मा विभिन्न विदेशी कम्पनीहरूलाई जिम्मा दिइए पनि काम परिणामुखी हुन नसकेको अधिकारीहरूले बताएका छन्।

विसं २०३६/३७ सालमा अन्तर्राष्ट्रिय विकास संस्था विश्व ब्याङ्कको प्राविधिक सहयोगमा फ्रान्सको भूगर्भसम्बन्धी कम्पनी सीजीजीले नेपालको दक्षिणी भूभागको ४८,००० वर्ग किलोमिटर क्षेत्रमा 'एरोम्याग्नेटिक' सर्वेक्षण गरेको थियो।

उक्त सर्वेक्षणबाट नेपालको भूसतहमुनि पेट्रोलिअम पदार्थ हुन सक्ने विभिन्न भौगर्भिक सङ्केतहरू पत्ता लागेको खानी विभागका प्रतिवेदनहरूमा उल्लेख छ।

नेपालको चुरे तथा महाभारत शृङ्खलामा हालसम्म २,२०० किलोमिटर क्षेत्रको 'पेट्रोजिओकेमिकल स्याम्प्लिङ' कार्य सम्पन्न भई सकेको अधिकारीहरूले बताएका छन्।

१० क्षेत्रमा पेट्रोलिअम भण्डारको सम्भावनाको आधार के
खानी विभागको पेट्रोलिअम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार यसअघि विभिन्न कम्पनीहरूले गरेका अध्ययनका तथ्याङ्कका आधारमा नेपालले १० क्षेत्रमा पेट्रोलिअम भण्डार रहेको आशा गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

"पहिलेको अध्ययनको तथ्याङ्क, पछिल्लो समय गरिएको सर्वेक्षण र भौगर्भिक संरचनाहरूको पहिचानका आधारमा ती स्थानमा पेट्रोलिअम भण्डार रहेको आकलनमा थप काम गर्ने क्षेत्र छुट्ट्याइएको हो। त्यसमा विस्तृत अध्ययन हुनै बाँकी छ," उनले भने।

पेट्रोलिअम अन्वेषण परियोजनाका पूर्वप्रमुख समेत रहेका खानीविज्ञ श्यामबहादुर केसी नेपालको जस्तै भौगर्भिक संरचना रहेका भारतको असम र पाकिस्तानको पोतवार क्षेत्रमा पेट्रोलिअम खानी भेटिएका कारण नेपाल पनि आशावादी हुने ठाउँ भएको बताउँछन्।

"दुवै ठाउँको भौगर्भिक अवस्थिति नेपालको जस्तै भएका कारण नेपालको महाभारतभन्दा दक्षिणका क्षेत्रमा पनि लामो समयदेखि हाइड्रोकार्बन सञ्चित हुन सक्छ भन्ने अर्को आधार पनि छ," केसी भन्छन्।
नेपालमा विसं २०४५ सालमा मोरङको बाहुनीमा ३,५२० मिटर गहिराइसम्म ड्रिल गरिएको थियो। मोरङको १० नम्बर खण्डको अन्वेषणका लागि नेपालले गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा द नेदरल्यान्ड्सको शेल एक्स्प्लोरेशन बी भी र अमेरिकारको ट्राइटन एनर्जी कर्पोरेशन छनौट भएका थिए।

ती कम्पनीहरूले विस्तृत साइस्मिक सर्वेक्षणपछि बाहुनीको राधानगरमा ड्रिलिङ गरेर अध्ययन गरेका थिए। ती नतिजामा हाइड्रोकार्बनका सङ्केतहरू नदेखिएपछि पेट्रोलिअम भण्डार नभएको निष्कर्ष निकालिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर खानीविज्ञ केसी त्यतिकै आधारमा मात्रै उक्त स्थानमा पेट्रोलिअम भण्डारण नभएको निष्कर्षमा पुग्न नसकिने बताउँछन्।

नेपालमा पेट्रोल खोज्न कुनकुन देश आए
नेपालमा पेट्रोलिअम पदार्थको अन्वेषणका लागि यूके, अमेरिका, द नेदरल्यान्ड्स, फ्रान्स, नर्वे र चीनसहितका देशहरूले विभिन्न तहमा काम गरेका छन्।

सन् २००४ मा यूकेको केर्न एनर्जीले धनगढी, कर्णाली, लुम्बिनी, मलङ्गवा र वीरगन्जमा पेट्रोलिअम अन्वेषणको सम्झौता गरेको थियो। तर त्यही समयमा उत्कर्षमा पुगेको माओवादी द्वन्द्व र त्यसपछि भएका राजनीतिक उतारचढावका कारण उक्त कम्पनी बीचैमा काम छोडेर बाहिरिएको थियो।

"भारत र बाङ्ग्लादेशमा राम्रो काम गरेको यो कम्पनीले राम्रै गर्ला भन्ने अपेक्षा थियो। तर उहाँहरूले केही काम गरे पनि समयमा काम नगरेपछि सम्झौता खारेज गर्नुपर्‍यो," पेट्रोलिअम अन्वेषण परियोजनाका प्रमुख नापित बताउँछन्।

त्यसै गरी अमेरिका दुई वटा कम्पनीहरू कम्पनी र टेक्साना रिसोर्सेस कम्पनीले पनि नेपालमा पेट्रोलिअम अन्वेषणका सम्झौता गरेर काम पूरा नगरी बाहिरिएका थिए। टेक्साना रिसोर्सेस कम्पनीले सन् १९९८मा नेपालगन्ज र चितवनमा पेट्रोलिअम अन्वेषणको सम्झौता गरेको थियो। उक्त कम्पनी पनि माओवादी द्वन्द्वलाई कारण देखाउँदै बाहिरिएको थियो।

द नेदरल्यान्ड्सको शेल एक्स्प्लोरेशन बीभी र अमेरिकारको ट्राइटन एनर्जी कर्पोरेशनले भने मोरङको बाहुनीमा ड्रिल गरेर पेट्रोलिअम भण्डार नरहेको निष्कर्ष निकालेका थिए। उक्त स्थान रहेको १०औँ खण्डका अन्य स्थानमा पेट्रोलिअम अन्वेषणका लागि अमेरिकाकै अर्को च्यान्पिअन्स ओइलले सन् २०१२ मा सम्झौता गरे पनि उक्त कम्पनीले काम अघि बढाएन।

संयुक्त अरब एमिरेट्सको ईएबीजीले पनि त्यही वर्ष खण्ड ८ को जनकपुर र खण्ड ९ को राजविराज क्षेत्रमा अन्वेषणको काम गर्ने सम्झौता गरेको थियो। तर उक्त कम्पनीले पनि सम्झौताबमोजिमका काम गर्न नआएको भन्दै सन् २०१५ मा सम्झौता रद्द गरिएको पेट्रोलिअम अन्वेषण परियोजनाको गत वर्षको प्रतिवेदनमा उल्लेख छ।

परियोजनाका अनुसार नेपालमा पेट्रलिअम अन्वेषणका लागि विदेशी तेल कम्पनीबाट लगानी जुटाउन सन् १९८० को दशकमा क्यानाडाको क्याल्गरी, अमेरिकाको हट्सन, यूकेको लन्डन, सिङ्गापुर र काठमाण्डूमा प्रवर्द्धन बैठकहरू आयोजना भएका थिए।

नेपालमा किन आइरहेका छैनन् विदेशी कम्पनी
नेपालले गत वर्ष पनि चितवन र लुम्बिनीमा पेट्रोलिअम अन्वेषणका लागि बोलपत्र आह्वान गरे पनि तोकिएको सर्त पूरा गरेका कम्पनीहरूबाट आवेदन नआएको अधिकारीहरूले बताएका छन्।

"गत वर्ष पनि हामीले ठेक्का प्रक्रियाका लागि आह्वान गरेका थियौँ। एउटा कम्पनी आएको भए पनि हाम्रो मापदण्ड पूरा गरेको थिएन," नापित भन्छन्। "अहिले हाम्रो ध्यान दैलेखमा मात्रै छ। अरू ठाउँमा त्यति काम भइरहेको पनि छैन।"

नेपालमा पेट्रोलिअम अन्वेषणका लागि विदेशी कम्पनीहरू नआउनुको कारण राजनीतिक अस्थिरतासँगै नेपालसँग भएका अध्ययनको तथ्याङ्क पुराना प्रविधिमा आधारित हुनु प्रमुख कारण रहेको परियोजनाका पूर्वप्रमुख तथा खानीविज्ञ केसी बताउँछन्।

"हामीसँग भएका तथ्याङ्क पुरानो प्रविधिका भए, अहिले नयाँ प्रविधिबाट लिइने तथ्याङ्क अझै भरपर्दा भएका कारण पनि राम्रा अन्तर्राष्ट्रिय कम्पनीले चासो नदेखाएको हुन सक्छ," केसी भन्छन्।

"अर्को कारण राजनीतिक अस्थिरता पनि हो किनभने अन्वेषणका लागि इन्धन कम्पनीहरूले ठूलो लगानी गरिसकेपछि उत्पादनको सुनिश्चितता भएन भने त्यो जोखिम कसैले लिँदैन। यद्यपि हामीसँग भएका कानुन र नीतिहरू लगानीका लागि मित्रवत् नै छन्।"

छैन सरकारको लगानी
खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलिअम अन्वेषण परियोजनाका लागि सरकारले आफ्नै लगानीमा अन्वेषण गर्न पुग्ने बजेट दिएको छैन।

परियोजना प्रमुख नापित दैलेखको अन्वेषणले करिब दुई अर्ब रुपैयाँ लगानीमा एउटा स्थानमा अन्वेषणको काम सक्ने सम्भावना देखाएको बताउँछन्।

"हामीसँग अहिले प्रोडक्सन शेअरिङ अर्थात् उत्पादन बाँड्ने अनि जी-टू-जी सरकार र सरकारबीच सम्झौताका आधारमा अन्वेषण गर्ने प्रणाली मात्रै अभ्यासमा छन्। आफ्नै लगानीमा विदेशी प्रविधि र विज्ञ ल्याएर पनि गर्न सकिने रहेछ भन्ने चाहिँ लागेको छ," नापित भन्छन्।

यसअघि नेपालमा पेट्रोलिअम पदार्थ अन्वेषणको काम उत्पादन बाँडफाँटको ढाँचामा हुने गरेको थियो। नेपालमा अन्वेषणका लागि आउने विदेशी तेल कम्पनीहरूलाई लगानीको सुरक्षा प्रत्याभूति गर्न पेट्रोलिअमको अन्तर्राष्ट्रिय प्रचलन तथा व्यवहार ऐन २०४०, पेट्रोलियम नियमावली २०४१ तथा पेट्रोलियम (आयकर) नियमावली २०४१ जारी गरिएका छन्।

नेपालका कानुन र नियमले अन्वेषणबाट पेट्रोलिअम पदार्थ भएको पत्ता लागे त्यसको उत्पादनको जिम्मा पनि अन्वेषण गर्ने कम्पनीले नै पाउने, नेपालले उत्पादन बापत १२.५ प्रतिशत रोयल्टी र बाँडफाँड सम्झौताअनुसार उत्पादनको हिस्सा पाउने व्यवस्था गरेको नापित बताउँछन्। बीबीसी नेपालीबाट

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले दसैंपछि आज सुनचाँदीको मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा द... आइतबार, कात्तिक ८, २०८३
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर भारतको चर्चित टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन... शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द राष्ट्र बैंकले सूचना जारी गर्दै वेबसाइट तथा सेवा अस्थायी रूपमा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारण... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्