काठमाडौँ– मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मन्त्रिपरिषद् बैठकबाट उक्त सम्बोधन स्वीकृत गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
संघीय संसदकाे बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ ।
राष्ट्रपति पौडेलले संसदका दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।