काठमाडौं– गत शुक्रबारको तुलनामा नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ ।
सुन तोलामा १ हजारले घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ३०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन २ लाख ९९ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार २७५ मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।