काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास भंगालमा मेयर शाह पुगेका थिए।
पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच गत बिहीबार भेटवार्ता भएको हो। मेयर शाहको सचिवालय स्रोतले पूर्वराष्ट्रपतिसँग मेयर शाहको भेटवार्ता भएको पुष्टि गरेको छ।
उक्त भेटका क्रममा नेकपा (एमाले) का नेताहरू शेरधन राई, काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठलगायत नेताहरू पनि थिए।
भण्डारी राष्ट्रपति रहँदा 'राष्ट्रपति चुरे-तराई संरक्षण कार्यक्रम'अन्तर्गत चुरे क्षेत्रमा वन्यजन्तुको अन्डरपाससम्बन्धी एक योजनामा बालेन शाह पनि कार्यरत रहेको र पुरानै चिनजान अनुसार भेटवार्तालाई निरन्तरता दिइएको बताइएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले हालै नेकपा (एमाले) मा सदस्यता नवीकरण गरेकी थिइन् भने उनले पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाउने सेवा सुविधा छाडेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।