काठमाडौं- 'लुट २' लिक भएको फेसबुक पेजबाट नै अर्को एक नेपाली फिल्म 'कालो पोथी' पनि लिक भएको खुलेको छ।
सो पेजबाट सोझै 'लुट २' जसरी लिक नभए पनि फेसबुक पेज सञ्चालकले फिल्मको उपलब्ध लिंक शेयर गरेका छन्। फिल्म ब्लगिङ साइट ब्लगस्पटबाट रिलिज भएको छ। सो ब्लगस्पटमा 'कालोपोथी' राम्रो गुणस्तरमा उपलब्ध छ।
फिल्मका निर्देशक मीन भामले आफूलाई यस बारेमा केही थाहा नपाएको नेपाल लाइभलाई प्रतिक्रिया दिए। उनले भने, 'हामीले त हल रिलिजपछि कुनै माध्यमबाट पनि रिलिज गर्ने अनुमति दिएका छैनौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।