काठमाडौं- सर्वोच्च अदालतले एनसेल लाभकरका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै तीन महिनाभित्र सम्पूर्ण लाभकर उठाउन ठुला करदाता कार्यालयलाई आदेश गरेको छ।
एनसेल लाभकर सम्बन्धी मुद्दामा मंगलबार पूर्णापाठ सार्वजनिक गर्दै तीन महिनाभित्र एनसेलसँग बिक्रीबापतको लाभकरको कानूनबमोजिम असुल उपर गर्न आदेश गरेको हो। सर्वोच्चले लाभांस वितरण र शेयर बिक्रीको अनुमति दिन पनि रोक लगाएको छ।
सर्वोच्चको आदेशमा भनिएको छ, 'करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश वितरण र शेयर बिक्रीको अनुमति नदिनू/नदिलाउनू।'
सर्वोच्चको पूर्णपाठमा आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षीहरुलाई दिई मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दायरीको लगत कट्टा गरिदिन समेत भनिएको छ।
‘एनसेलले मिति २०७३ बैशाख २६ गते र २०७ जेठ २१ मा पुँजीगत लाभकरवापत अग्रिम रुपमा कुल २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय र विलम्ब शुल्क बापत २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८ सय ५१ रुपैयाँ ठूला करदाता कार्यालयमा बुझाईसकेकाले कर निर्धारण गरी कर असूल गर्नू,' सो आदेशमा भनिएको छ।
यस्तो छ सर्वोच्चले एनसेल लाभकर सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ
यो पनि पढ्नुहोस्ः एनसेलबाटै पुँजीगत लाभकर असुल्न सर्वोच्चको फैसला
एनसेलसँग कर असुल गर्न सर्वोच्चको पूर्णपाठ कुर्दै ठूला करदाता कार्यालय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।