काठमाडौं- सरकारले माथिल्लो सान्जेन जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजनाको सेयरका लागि आवेदन बैशाख ६ गतेदेखि खुला गर्ने भएको छ।
उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी रसुवास्थित १४ दशमलव ८ मेघावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना र ४२ दशमलव ५ मेघावाटको सान्जेन जलविद्युत आयोजनाको पनि सर्वसाधारणका लागि सेयर भर्न आदेवन खुला मिति तय भएको जानकारी गराएको हो।
‘जनताको जलविद्युत कार्यक्रम’ अन्तरगत यी दुई वटा आयोजना थप गरी सर्वसाधारणका लागि सेयर भर्न आवेदन खुला गरिएको पनि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिए।
'जनताले तत्काल प्रतिफल पाउने भएकाले सो आयोजनाको काम प्राथमिकतामा राखेर अघि बढाइएको हो,' उनले स्पष्ट पारे, 'जनताको सहभागिता चाँडो सुनिश्चित गर्न सेयर आवेदन खुला गरिएको हो।
१५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्टयाइएको दुवै जलविद्युत आयोजनाको ४५ लाख ७५ हजार बराबरको सेयर प्रतिकित्ता सयका दरले भर्न पाउनेछन्।
सरकारले जनताको स–साना पूँजी संकलन गरेर जनताको जलविद्युत आयोजनाको कामलाई अघि बढाउन यसअघि माथिल्लो त्रिशुली बी जलविद्युत आयोजनाको सेयर आह्वान गरेका थियो।
मन्त्री पुनले जनताले तत्काल मुनाफा आर्जन गर्न सक्ने आयोजनालाई प्राथमिकतामा राखेर जनताको जलविद्युत आयोजना कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
सान्जेन माथिल्लो जलविद्युत आयोजनाको २ अर्ब २२ करोड र सान्जेन जल विद्युत आयोजनाको ५ अर्ब २ करोड बजेट लाग्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।