इनरुवा- नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले जित्नुको विकल्प नरहेको बताएका छन्।
सुनसरीको दुहवीमा आयोजित चुनावी सभा कार्यक्रममा बोल्दै गच्छदारले लोकतन्त्रको रक्षा र नेपालका योद्धा तथा सहीदको सपना साकार पार्न पनि कांग्रेसको जित आवश्यक रहेको बताए।
मन्त्री गच्छदारले लोकतन्त्र बलियो भयो भने मात्र देशमा आर्थिक सम्बृद्धि हुने भएकाले सबैले एक ढिक्का भएर लोकतन्त्रको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए। मन्त्री गच्छदारले वाम गठबन्धनले देशमा अधिनायकवाद ल्याउन खोजेकाले त्यो आफूहरुलाई कहिले पनि स्वीकार नहुने उल्लेख गरे।
गच्छदार यसपटक सुनसरी-३ बाट चुनावी प्रतिस्पर्धा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।