• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १७, २०८३ Sun, Aug 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आशिष्मा भन्छिन्- नायिकाको न्यूनतम पारिश्रमिक १५ लाख हुनुपर्छ

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २३, २०७४  ०९:१२
1140x725

आशिष्मा नकर्मीले पाँच वर्षको अन्तरालमा एक दर्जन फिल्ममा अभिनय गरिसकिन्। त्यसमध्ये अहिलेसम्म आठ वटा रिलिज भइसक्दा उनी बल्ल सोलो हिरोइनको रुपमा देखिँदै छिन्।
कात्तिक २४ गते रिलिजको तयारीमा रहेको 'मेला’ फिल्मबाट उनी पहिलो पटक सोलो हिरोइन बन्न लागेकी हुन्।

पाँच वर्षको पर्खाइबाट 'पूर्ण नायिका'को रुपमा छलाङ मार्दै गर्दा आशिष्मा नेपाली फिल्मक्षेत्रमा नायिकाको दुर्दशा देखेर निकै असन्तुष्ट रहिछन्। न सोचेजस्तो भूमिका पाइन्छ, न त पारिश्रमिक नै! 

उनी पर्दामा थरीथरीका रोल गर्न रुचाउँछिन्, त्यसमा पनि नारीप्रधान फिल्म गर्न उनको चाह छ। तर, दशकौंदेखि हिरोकै वरिपरि घुम्ने नेपाली हिरोइनको भूमिका नफेरिँदा उनी दिक्क छिन्।

'अभिनेत्रीलाई केन्द्रबिन्दुमा राखेर नेपालमा फिल्म लगभग लेखिँदैन भने पनि हुन्छ', आशिष्मा लेखाजोखा गर्छिन्, 'यस्तो अवस्थामा एउटी अभिनेत्रीले आफूलाई परीक्षण र चुनौती दिन पाइरहेकी छैनन्।'

अभिनेत्रीलाई स्क्रिन स्पेस सानो हुँदा खुलेर आफूलाई गतिलो रुपमा पोख्ने ठाउँ नै उनी देख्दिनन् । त्योसँगै फिल्मक्षेत्रको अर्को रोग पनि उनी औंल्याउँछिन्, 'यहाँ जुन शैलीको भूमिकामा डेब्यू गरियो, त्यस्तै खाले भूमिकामा धेरै प्रस्ताव आउँछन्।'

त्यसरी दोहोरिएर आउने भूमिकाका थुप्रै प्रस्तावलाई उनलाई नकारेकी छिन्। किनकि उनी फरक शैलीको चरित्रमा देखिएर दर्शकमा छाप छाड्न चाहन्छिन्।  
उनी भन्छिन्, 'मलाई दर्शकका लागि 'रोल मोडल’ हुने खालको भूमिका गर्न मन छ।’

महिलालाई केन्द्रीय भूमिकामा राखेर फिल्म बनाउने प्रचलन विश्वभरि नै पातलो भए पनि उनी नेपालको तुलनामा अन्यत्र राम्रो अवस्था देख्छिन्। यहाँ पनि नारीप्रधान फिल्म बन्ने क्रम बढ्ला भन्ने आशा चाहिँ उनमा जीवितै छ। 

बाहिरबाट चमकदमक हेर्दा रंगीन संसारभित्र केही कमी नै नहोला, त्यहाँभित्रका कसैको केही गुनासो नै नरहला जस्तो लाग्न सक्छ। तर, अन्य क्षेत्र जस्तै फिल्मक्षेत्रमा पनि हैरानी र समस्याका खात छन्। त्यसमा छुटाउनै नहुने पाटो हो, पारिश्रमिक। यसमा महिला कलाकार झन् पीडित छन्। आशिष्मालाई पनि नायिकाले पाउने पारिश्रमिक देखेर टीठ लाग्छ।  उनी नेपाली नायिकाहरुले पाउने पारिश्रमिक हुनुपर्ने जति भए जस्तो लाग्दैन।

nimb
nimb
Ncell 2
Ncell 2

'हुन त आफ्नो पारिश्रमिक आफैंले तोक्ने हो, त्यसमा बार्गेनिङ गर्न ठाउँ त छँदैछ। तर, हामीले पाउँदै आएको पारिश्रमिक आकर्षक छैन’, उनले भनिन्।

उनले महिलाले कम पारिश्रमिक पाउने समस्या फिल्म जस्तै हरेक क्षेत्रमा देखेकी छिन्। यो सबै समाजको पितृसत्तात्मक संरचनाका कारण भएको उनको ठम्याइ छ।
उनको विचारमा आजको समयमा नेपाली नायिकाको न्यूनतम पारिश्रमिक १५ लाख रूपैयाँ हुनुपर्छ।

अहिले पाइरहेको पारिश्रमिकले नायिकालाई मेन्टेन गर्नै नपुग्ने आशिष्माको अनुभव छ।  'फिल्मको कमाइले मात्र पुग्दैन। म्युजिक भिडियो, देश-विदेशमा हुने सांस्कृतिक कार्यक्रम र विज्ञापनबाट हामीले आफूलाई मेन्टेन गरिरहेका छौं', उनले रंगीन संसारभित्रको दुःख कहिन्। 

एकातिर नायिकाहरु पारिश्रमिक कम पाउँछन्, अर्कातिर यिनीहरु आफूलाई मेन्टेन गर्नै जान्दैनन् भनेर आलोचना पनि सुन्नुपर्छ। 

विदेशका सेलिब्रिटीहरुको लोभलाग्दो जीवन हेर्दै मन चुकचुक बनाउनुपर्ने अवस्थामा यहाँका कलाकारहरु छन्। विदेशी सेलिब्रिटीहरुको अगाडि नेपाली कलाकारलाई हेरेर दर्शकले 'लाइफस्टाइल’ होस् त यस्तो भन्ने अवस्था नरहेको आशिष्माको स्वीकारोक्ति छ। यस्तो अवस्थामा नेपाली कलाकारहरुलाई के कुराले खुसी दिन्छ त ? कसरी उनीहरु यो क्षेत्रमा टिकिरहेका छन्?

मोफसल र विदेशमा बस्ने नेपालीहरूले कलाकारलाई दिने सम्मानले सबैभन्दा खुसी दिलाउने गरेको उनको अनुभूति छ।

'मोफसलमा हामीलाई निकै सम्मान गर्नुहुन्छ, तर काठमाडौंमा भने त्यस्तो इज्जत र सम्मान हामीलाई छैन’, उनले भनिन्।

म्युजिक भिडियो खेल्दै गर्दा आशिष्माले 'अन्तराल’ फिल्मबाट डेब्यू गरेकी थिइन्।  त्यसबेला उनलाई आशलाग्दी अभिनेत्रीका रूपमा हेरिएको थियो। आजसम्म आइपुग्दा उनी आफ्नो पाँचवर्षे फिल्मी करिअरलाई एकसरो मूल्यांकन गर्ने भइसकेकी छिन्। 

करिअरको नापजोखमा उनी आफूलाई सन्तुष्टि र असन्तुष्टिको  मझधारमा पाउँछिन्।

'मसँगै आएका कतिपय अभिनेत्री हराइसके, त्यो हेर्दा म त निरन्तर काम गरिरहेको छु भनेर खुसी लाग्छ', उनले दुवै पल्ला जोखिन्, 'अर्कातिर, एक-दुई वटा फिल्मबाटै आफूलाई स्थापित गरेका नवअभिनेत्रीलाई देख्दा भने नमज्जा लाग्छ।' 

यस्तो मज्जा र नमज्जा चाखिरहेकी आशिष्मा फिल्मक्षेत्रमै जम्न विदेशको बसाइ छाडेर नेपाल हान्निएकी थिइन्। साढे पाँच वर्ष लामो अमेरिका बसाइ टुंग्याएर आएपछि म्युजिक भिडियोबाट यात्रा सुरु गरिन्।

आशिष्मालाई सानैदेखि अभिनयको दुनियाँमा रमाउने रहर थियो। तर, यसमा पहिलो पाइला हाल्न भने उनले घरभित्र निकै पापड बेल्नुपर्‍यो।

उनी सम्झन्छिन्, 'बुवासँग रोएर मनाउँदै म्युजिक भिडियो खेल्न पाएकी थिएँ।'

छोरी त फिल्मक्षेत्रतिर पछि मोहित भइन्, त्योभन्दा अगाडि उनकी आमा आशा आफ्नो जमानामा अभिनेत्री करिश्मा मानन्धरको फ्यान थिइन्। जेठी छोरी जन्मेपछि उनले आफ्नो नाममा आफ्नी प्रिय नायिकाको नाम मिसाउँदै राखिदिइन्, आशिष्मा। नभन्दै छोरी करिश्माकै पदचाप पछ्याउँदै यही क्षेत्रमा डोरिइन्।

मोडलिङबाट यात्रा सुरु भए पनि समय क्रममा उनी नेवारी फिल्मकी स्थापित नायिका बनिन्। अहिले उनी नेवारी फिल्मकी निर्मात्री समेत बनिसकेकी छिन्। 

अब हेर्नु छ, नायिकालाई पोषिलो पारिश्रमिकको वकालत गर्ने आशिष्माले आफू निर्माता भएपछि कलाकारहरुलाई चित्त बुझाउन सक्लिन्?

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०७४  ०९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पेरुमा पर्यटक चढेको विमान दुर्घटना हुँदा चालक दलसहित १३ जनाको मृत्यु
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
पेरुमा पर्यटक चढेको विमान दुर्घटना हुँदा चालक दलसहित १३ जनाको मृत्यु आइतबार, साउन १७, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
ऋणको पीडालाई यथार्थ रूपमा चित्रण गर्ने ‘ऋणै ऋणमा डुबे आमा’ गीत चर्चामा शनिबार, साउन १६, २०८३
दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिबार, साउन १६, २०८३
श्रीलङ्कामा दुई पूर्व अधिकारीलाई मृत्युदण्ड शनिबार, साउन १६, २०८३
धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट् सेनालगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी शनिबार, साउन १६, २०८३
विश्वविख्यात पर्वतारोही निर्मल पुर्जाको निधन भएको पुष्टि शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्