एजेन्सी- सलमान खान अभिनित 'वान्टेड'को एउटा संवाद एकदमै चर्चित छ- एक बार जो मैने कमिट्मेन्ट कर दी... उसके बाद तो में खुद कि भि नहीं सुनता।
यो संवाद सलमानको अगामी रिलिज 'टाइगर जिन्दा हे' फिल्मको हकमा एकदमै सही बनेको छ। सलमानको फिल्ममा 'नो किसिङ'को नियम लागिहाल्छ। यो नियमलाई उनले आफ्नो यस फिल्ममा पनि अक्षरश: लागू गरेका छन्।
फिल्म सम्बद्ध स्रोतका अनुसार फिल्मको कथाको हिसाबले सलमानले केही अन्तरंग दृश्य दिन अस्वीकार गरे। फिल्मको कथाअनुसार एक सिनमा कैटरिन र सलमानबीच केही अन्तरंग दृश्य देखाउनुपर्ने थियो। ती दृश्य कथाको मागअनुसार नै भए पनि सलमानले अस्वीकार गरे।
निर्देशक अलि अब्बास जाफरले सलमानलाई अनेक तरिकाले सम्झाउने प्रयास गरे पनि सलमान आफ्नो पूर्व अडानबाट टसका मस भएनन्। अन्तत: निर्देशकले फिल्मको सिन नै चेन्ज गरिदिए र आफ्नो दृश्यलाई बचाए।
यसअघि पनि सलमानले आफूले अभिनय गर्न लागेको 'रेस ३' फिल्मबाट पनि हट दृश्यलाई कम गर्न भनेका थिए जबकि 'रेस' फ्रान्चाइजमा हट लुक र दृश्य सदैव रहँदै आएका छन्। सलमानले भनेका छन्, 'आफ्नो फिल्मका दर्शक बच्चाहरू पनि भएकाले त्यस्ता कुनै काम गर्न हुँदैन, जसले बच्चाहरूमाथि गलत असर परोस्।'
'टाइगर जिन्दा हे' २२ डिसेम्बरमा रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।