जाजरकोट- आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि मतपत्र र निर्वाचन सामग्री जाजरकोट पुगेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ९५ प्रतिशत निर्वाचन सामग्री र दुई लाख ८५ हजार मतपत्र जिल्ला पुगेको छ।
जाजरकोटका लागि समानुपातिकतर्फ ९५ हजार, प्रत्यक्षतर्फ प्रतिनिधि सभाको ९५ हजार र प्रदेश सभाका लागि क्षेत्र नम्बर १ मा ५१ हजार र क्षेत्र नम्बर २ का लागि ४४ हजार मतपत्र हेलिकप्टरमार्फत जिल्ला पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिबहादुर बुढाथोकीले जानकारी दिए।
निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ। जिल्लामा ढिला गरी निर्वाचन सामग्री आएका कारण रोकिएको निर्वाचन शिक्षा कार्यक्रम जाजरकोटमा कात्तिक २४ गते हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यसअघि उक्त निर्वाचन शिक्षा कार्यक्रम कात्तिक १५ गते गर्न तय गरिएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।