नयाँ दिल्ली- बेलायतका राजकुमार चार्ल्स र उनकी श्रीमती कामिला पार्कर बोल्स बुधबार भारत आइपुगेका छन्।
दुईदिने भ्रमणका लागि उनीहरू भारतको राजधानी नयाँ दिल्ली आएका हुन्। बेलायती राजकुमार दम्पत्तीसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेटवार्ता गरे।
भेटवार्ताका क्रममा उनीहरूका बीचमा दुईपक्षीय सम्बन्ध अझ सुदृढ पार्ने विषयमा छलफल भएको भारतको विदेश मन्त्रालयले जनाएको छ।
सिंगापुर, ब्रुनाई, मलेसिया र भारत गरी चार देशको भ्रमण गर्ने क्रममा उनीहरू भारत आइपुगेका हुन्।
बेलायतमा धेरै लगानी गर्ने देशहरूमध्ये भारत तेस्रो स्थानमा पर्दछ भने वैदेशिक रोजगारी बढी सिर्जना गरिदिने देशहरूमध्ये भारत दोस्रो स्थानमा पर्दछ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।