काठमाडौं– मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रचार–प्रसार उपसमिति गठन गरेको छ। युवा नेता गगन थापाको नेतृत्वमा रहेको प्रचार–प्रसार उपसमितिमा पत्रकारहरुको बाहुल्यता छ।
उपसमितिमा नेपाल पत्रकार महासंघका पूर्व सभापतिदेखि वर्तमान पदाधिकारीसम्म अटाएका छन्। कांग्रेस निकट नेपाल प्रेस युनियनका सदस्यहरु पनि उपसमितिमा छन्।
उपसमितिमा नेपाल पत्रकार महासंघका पूर्व सभापतिहरु किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल र धर्मेन्द्र झा छन्। वर्तमान महासचिव रमेश विष्ट समेत उपसमितिमा परेका छन्। कांग्रेसको चुनाव परिचालन समितिमा रहेका विष्ट उपसमितिमा समेत अटाएका हुन्।
पत्रकार महासंघको पदाधिकारी चयन भएपछि पार्टीको कार्यक्रममा प्रत्यक्ष सहभागी नहुने भने पनि विष्टको नाम समिति र उपसमितिमा राखिएको छ।
वरिष्ठ पत्रकारहरु होमनाथ दाहाल, हरिहर विरही, तेजप्रकाश पण्डित, श्री आचार्य, हरिविनोद अधिकारी, देवप्रकाश त्रिपाठी, कविर राणा, हरि अधिकारी, रमेश तुफान, कुलचन्द्र वाग्ले, समिरजङ शाह, कृष्ण केसी, परशु घिमिरे, अजयबाबु शिवाकोटी, वसन्तप्रकाश उपाध्याय र सहजमान श्रेष्ठ उपसमितिमा छन्।
४३ सदस्यीय प्रचार उपसमितिको उप–संयोजक कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे हुन्।
कांग्रेसले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीले अवलम्बन गरेका नीति, कार्यक्रम र उम्मेदवारहरुले निर्वाचन क्षेत्रमा उठाएका राष्ट्रिय तथा स्थानीय सरोकारका विषयलाई मतदाता समक्ष पु¥याउन निर्वाचन प्रचार–प्रसार समन्वय उपसमिति गठन गरेको हो।
नेता बालकृष्ण खाँणको संयोजकत्वमा गठित निर्वाचन परिचालन समितिले बुधबार प्रचार–प्रसार समन्वय उपसमितिलाई पूर्णता दिएको हो।
केन्द्रीय प्रचार–प्रसार समन्वय उपसमितिका सदस्यहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।