रेलको सांकेतिक तस्बिर
काठमाडौं- सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो विद्युतीय रेलमार्ग निर्माणका लागि डिपिआर तयार भइसकेको जानकारी दिए। सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले करिब १ हजार किलोमिटर लम्बाइ रहेको सो रेलमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षको साउन महिनाबाटै सुरु गर्ने योजना पनि अघि सारे।
मन्त्री महासेठले सरकारले एकवर्षे कार्यकालमा विकास निर्माणको काममा उल्लेख्य प्रगति गरेको दाबी पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।