जनकपुर- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस मधेस र मधेसीको हितमा सधैं वकालत गर्ने दल भएको बताएका छन्।
कांग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेलामा देउवाले मधेसका मुद्दा सम्बोधन गर्न संविधान संशोधनका लागि खेल्नुपर्ने अग्रणी भूमिका पनि कांग्रेसकै काँधमा रहेको उल्लेख गरे।
'सबैको अस्तित्वको सम्मान र रक्षाका लागि कांग्रेस सधैं संवेदनशील छ', उनले भने।
जनकपुर र मधेसको विकासका सवालमा कांग्रेस सरकारले विशेष योजना कार्यान्वयन गरेको प्रसंग पनि देउवाले उल्लेख गरे।
यस्तै, कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिले कांग्रेसकै पहल र सक्रियतामा जनकपुरमा सडक विस्तार, मणिमण्डप विकास योजना, पोखरी संरक्षण योजना र राजर्षिजनक विश्वविद्यालय स्थापना विधेयक पारित भएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।