दाङ- किसानले गहुँखेती सुरु गर्ने सयममा एक सातादेखि जिल्लामा रासायनिक मलको अभाव देखिएको छ।
कृषि सामग्री केन्द्र पुग्ने किसान मल नपाउँदा रित्तो हात फर्कने गरेका छन्।
मलको आयात नभएका कारण अभाव भएको हो। तुलसीपुर, घोराही र लमहीमा मलको अभाव देखिएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले बताए।
'युरिया र डिएपी गोदाममा एक बोरा पनि मौज्दात छैन', उनले भने।
जिल्लामा एक हजार मेट्रिक टन डिएपी र सात सय मेट्रिक टन युरिया मल आवश्यक पर्छ।
हाल गहुँ, मसुरो, आलु र तरकारीका लागि डिएपी र युरिया मल आवश्यक छ । भैरहवा भन्सार कार्यालयमा मल आयात गरिएको जानकारी पाएको र केही दिनमै जिल्ला भित्रिने न्यौपानेले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।