विराटनगर– प्रतिनिधिसभाका लागि मोरङ क्षेत्र नम्बर ५ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार शिवकुमार मण्डलले प्रदेश १ को राजधानी विराटनगरबाट अन्यत्र सार्ने षड्यन्त्र भइरहेको बताएका छन्।
सरकारमा माओवादी केन्द्रका बिनाविभागीय मन्त्री समेत रहेका मण्डलले विराटनगर प्रादेशिक राजधानीका लागि हरेक हिसाबले उपयुक्त भएको भन्दै यदि राजधानी खोसिए कडा संघर्षमा उत्रिने बताए।
प्रेस चौतारी र प्रेस सेन्टर मोरङको संयुक्त पत्रकार सम्मेलनमा मण्डलले भने, ‘जनतालाई सेवा प्रवाह गर्न सहज स्थान चाहिन्छ। विकास र पूर्वाधारको हिसाबले विराटनगर नै उपयुक्त स्थान हो’, मण्डलले भने।
नेपाली राजनीतिको इतिहासमा विराटनगरले केन्द्रीय राजनीतिमा प्रभाव पार्ने गरेको भन्दै राजधानी सार्न नहुने उनको विचार थियो।
मण्डल मोरङ ५ मा कांग्रेसका निवर्तमान सांसद तथा केन्द्रीय सदस्य अमृत अर्यालसँग चुनावी प्रतिस्पर्धा गर्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।