पाँचथर – फिदिम नगरपालिका–२ स्थित पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले आज निष्क्रिय पारेको छ।
पल्लोटार जाने बाटोमा भेटिएको बम सो टोलीले निष्क्रिय पारेको हो । शंका लागेपछि स्थानीयवासीले आज बिहान ५ः४५ बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरी र सेनाको टोलीले घरमा प्रयोग गरिने जगमा जोडिएको वस्तु बम भएको पुष्टि गर्दै निष्क्रिय पारेका हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।