रसुवा- रसुवाका २१ वटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखिएको छ।
यहाँको लाङटाङ मतदानस्थल अतिसंवेदनशील छ भने २१ वटा मतदान स्थल संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। १२ वटा मतदानस्थल भने सामान्य रहेका छन्।
भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थानलाई अतिसंवेदनशील मानिएको हो। त्यस्ता स्थानमा निर्वाचनविरोधी गतिविधि हुन सक्ने भएकाले सुरक्षा मजबुत बनाउन थप तयारी गरिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताइन्।
यस्तै निर्वाचनलाई स्वच्छ भयरहित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नका लागि रसुवामा १ हजार ५ सय ३१ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
२ सय ४० जना म्यादी, २ सय ८३ जना नेपाल प्रहरी, ३ सय ८ जना शसस्त्र प्रहरी र नेपाली सेनाको ४ वटा कम्पनीबाट करिब ७ सय जना सेना परिचालन हुने भएका छन्। ३२ हजार ३ सय २३ जना मतदाता रहेको रसुवामा ३४ वटा मतदानस्थल र ४५ वटा मतदान केन्द्र रहेको छ।
रसुवामा पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।