काठमाडौं- क्यारेबियन मुलुक बहमास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालले विश्वका एकसय ५३ देशसँग सम्बन्ध विस्तार भएको छ।
संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र उक्त विश्वसंस्थाका लागि बहमासका स्थायी प्रतिनिधि सेलिया कारीले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर गरे।
न्युयोर्कस्थित स्थायी नेपाली नियोगका अनुसार आज उक्त नियोगमा आयोजित एक कार्यक्रममा दुवै मुलुकका राजदूतले समझदारीपत्रमा हस्ताक्षर गरी उनीहरुले त्यससम्बन्धी जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई दिए।
समझदारीपत्रमा हस्ताक्षर गरेपछि दुवै राजदूतले पारस्परिक सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, प्राकृतिक विपत्ति र पर्यटन प्रवर्द्धनबारे छलफल समेत गरेका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।