गायक तथा संगीतकार थानेश्वर गौतमको ‘पिउने पनि रहर छ’ बोलको गीत सार्वजनिक भएको छ। श्याम रेग्मीको शब्दमा स्वयं गौतमको स्वर र संगीत छ।
गीतको भिडियोमा रोहित बस्नेतको कोरियोग्राफीमा नायिका नम्रता सापकोटा र मोडल किरण गुरुङको नृत्य हेर्न सकिन्छ।
रोजल थापाले निर्देशन गरेको भिडियोको सम्पादन सुरेश राउतले र छायांकन रामेश्वर कार्कीले गरेका हुन्। गायक गौतमले दर्शक-श्रोतालाई फरक स्वाद दिने उद्देश्यले गजल लिएर आएको बताए।
यसअघि थानेश्वरले ‘बिर्सिएर श्रृंगारमा गाजल लगाइनछौं’, ‘स्याङ्जा गएँ पाल्पा गएँ’, ‘सिन्दूर लाउने हौली माया’, ‘यहाँ यस्तै हुन्छ प्यारी’ गीत ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।