काठमाडौं- गायिका आकांक्षा बस्यालको नयाँ गीत ‘तिम्रै दिलमा’ रिलिज भएको छ।
साजन शाहको संगीत रहेको गीतलाई लेखु सहयात्रीले लेखेका हुन्। भिडियो अमेरिकामा छायांकन भएको हो। भिडियोमा नायिका तथा मोडल अकेशा विष्ट र जंगबु शेर्पाको फिचरिङ रहेको छ।
अभिनेता तथा मोडल सौरमराज तुलाधर भिडियोका निर्देशक हुन्। शम्भु मोक्तानको छायांकन र निशान घिमिरेको सम्पादन रहेको गीतमा प्रेमको चर्चा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।