काठमाडौं- निर्माता एवं निर्देशक अपिल विष्टले फिल्म 'कागजपत्र' निर्माणको घोषणा गरेका छन्।
मंगलबार एक कार्यक्रममा उनले फिल्मको घोषणा गरेका हुन्। दोस्रो निर्देशनका लागि अपिलले नाजिर हुसैन तथा शिल्पा मास्केलाई मुख्य भूमिकामा कास्ट गरेका छन्।
अपिलले यसअघि 'झुम्की'बाट निर्देशनमा डेब्यु गरेका थिए भने उनी 'दासढुंगा' फिल्मका निर्मातासमेत हुन्।
सोसल-कमेडी विधामा राखिएको फिल्ममा नाजिर तथा शिल्पाका साथमा सरिता गिरी, भोलाराज सापकोटा तथा लोकेन्द्र लेखकको मूख्य भूमिका रहने छ। फिल्ममा उनीहरूको साथमा आर्जेश रेग्मी, लक्ष्मी बर्देवा, जीवन भट्टराई, रञ्जना ओली, विशाल पहारी, भरत सापकोटा, भीम मैनाली र उज्जवल शर्माको पनि अभिनय रहनेछ।
खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहने सिनेमाका निर्माता विशारद बस्नेत हुन्। सिनेमामा सापकोटाको संगीत, अष्ट महर्जनको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन तथा क्याजमेर डिक्सनको छायांकन रहनेछ। सिनेमाको सम्पूर्ण छायांकन दाङमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।