काठमाडौं– चर्चित गायक राजेश पायल राईको सम्मानमा अमेरिकाको रोचेस्टरमा हरके वर्षको नोभेम्बरलाई ‘राई इज किङ डे’ मनाउने घोषणा गरिएको छ। रोचेस्टरमा आयोजित कार्यक्रममा सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा केर्डिक एल अलेक्जन्डरले संयुक्त रूपमा सम्मान गर्दै उक्त घोषणा गरेका हुन्।
गायक राईलाई अमेरिकाको रोचेस्टर सिटी हलमा प्रमाणपत्रसहित सम्मानित गरिएको छ। कार्यक्रममा बोल्दै डेपुटी डेपुटी मेयर डा अलेक्जन्डरले भने, ‘अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रूपमा मनाइनेछ।’ प्रत्येक वर्षको नोभेम्बर ५ मा गायक राईले गीत गाउने लगायतका नेपाली कार्यक्रम हुने बताइएको छ। कार्यक्रमकाे संयोजन नेपालीले नै गर्ने बताइएको छ।
उनलार्इ रोचेस्टर सिटीले ‘इन्टरनेशनल पप स्टार’ को उपाधिसमेत प्रदान गरेको छ । अमेरिकी सरकारका तर्फबाट नेपाली कलाकारले पहिलोपल्ट यस्तो सम्मान पाएको कार्यक्रमका संयोजक विजय खड्काले बताए। गाय राईलगायतका कलाकारलाई अमेरिकी प्रहरीले पहिलापल्ट विमानस्थलबाट कार्यक्रम स्थलसम्म सुरक्षा प्रबन्ध मिलाएको पनि उनले बताए।
सम्मानपछि गायक रार्इले प्रदेशमा आफूले पाएको सम्मानले गायनमा थप केही गर्ने हौसला मिलेको बताए। उनले भने, ‘नेपाली कलाकारलाई अमेरिकामा दिइएको यो सम्मानले म असाध्यै खुशी छु र ‘राई इज किङ डे’ मनाउने घोषणाले झन् उत्साहित छु।’
नेपाली भाषा, संस्कृति र सङ्गीतलाई विश्वमा प्रचार गरेको र नेपाली सङ्गीतलाई अमेरिकामा प्रस्तुत गरेकोले सम्मान गरिएको आयोजकले बताए। राजेशले केही साता यता अमेरिकाको विभिन्न राज्यमा आयोजित कार्यक्रममा प्रस्तुति दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।