काठमाडौं- एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ बिकास बैंकबीच सम्झौता भएको छ। आफ्ना ग्राहकसामु जीवन बीमाको सहज पहुँच पुर्याउन दुई कम्पनीबीच सम्झौता भएको हो।
एक कार्यक्रममा एसियन लाइफका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र मुक्तिनाथ विकासका नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
एसियन लाइफ इन्स्योरेन्ससँग २३ वटा शाखा र ७२ उपशाखा कार्यालय छन्। २०७४ को असारसम्म जीवन बीमाकोषमा १० अर्ब, लगानी ९ अर्ब ५४ करोड र चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको कार्यक्रममा जानकारी दिइयो।
दुई कम्पनीबीच सम्झौता भएकाले अब एसियन लाइफका बीमा सेवा मुक्तिनाथ विकास बैंकबाट देशभरका ५९ वटा शाखा कार्यालयबाट लिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।