एजेन्सी- सोनी पिक्चर्सले केभिन स्पेसी स्टारर बायोपिक सिनेमा 'अल द मनी इन द वर्ल्ड'को लस एन्जल्स फिल्म फेस्टिभलको पूर्वनिर्धारित प्रदर्शनी स्थगित गरेको छ। सोनी पिक्चर्सले फिल्मका मुख्य अभिनेता केभिन स्पेसी विरूद्धको यौनहिंसा सम्बन्धी विवादका कारण फेस्टिभलबाट फिल्म फिर्ता गरेको हो।
फिल्म अागामी डिसेम्बरमा रिलिज हुने निर्णय भने यथावत् छ। फिल्म सन् १९७३ मा अमेरिकाका धनाढ्य तेल व्यापारी जँ पल गेट्टीका नाती जन पल गेट्टी तृतीयको अपहरण र फिरौती रकममा आधारित छ।
फिल्मको १६ नोभेम्बरमा महोत्सवमा रेडकार्पेट प्रिमियर गर्ने तयारी थियो।
'फिल्मका एक अभिनेतामाथि लागेको आरोपका बीच त्यसबाट प्रभावितहरूको सम्मानका लागि फिल्मको प्रिमियर स्थगित गरिएको हो। यस्तो फिल्म देखाउनु एउटा अप्ठ्यारो अवसस्था हुने भएकाले यसो गरिएको हो,' सोनीको ट्राइस्टार पिक्चर युनिटले आफ्नो इमेलबाट प्रेसित वक्तव्यमा भनेको छ।
सोनीको निर्णयप्रति स्पेसीका प्रतिनिधिले कुनै प्रतिक्रिया दिएका छैनन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने आरोपको स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको जनाएको छ। सोनी पिक्चर्सले फिल्ममा ८ सय भन्दा बढी कलाकार, लेखक तथा क्रु सदस्यहरूको मिहिनेत परेकाले फिल्म पूर्व निर्धारित मिति डिसेम्बर २२ मै विश्वव्यापी प्रदर्शन गरिने जनाएको छ।
कलाकार एन्थोनी र्यापले आफू १४ वर्षको हुँदा स्पेसीले यौन दुर्व्यवहार गरेको भनी ३१ वर्षपछि हालै सार्वजनिक गरेका थिए। यस्तै हिलउड नायक रिचर्ड डेइफसका छोरा ह्यारी डेइफसले समेत स्पेसीमाथि आफू १८ वर्षको हुँदा यौन हिंसा गरेको आरोप लगाएका छन्।
स्पेसीले नेटफ्लिक्स ड्रामा हाउस अफ गार्डका ८ जना वर्तमान तथा निवर्तमान सदस्यले पनि स्पेसीले आफूहरुमाथि यौन उत्पीडन गरेको सिएनएनलाई बताएका थिए। यद्दपि उनीहरू को थिए? भन्ने परिचय भने गोप्य राखिएको थियो।
स्पेसीको जारी विवादलाई मध्यनजर राख्दै नेटफ्लिक्सले उनी अभिनीत फिल्म 'गोर' रिलिज नगर्ने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।