काठमाडौं- एसियाली विकास बैंक (एडिबी)ले नेपालले चालु आर्थिक वर्षका लागि लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पुरा नहुने जनाएको छ।
पछिल्लो २ वर्ष र आगामी एक वर्षको नेपालको आर्थिक वृद्धिदर सार्वजनिक गर्दै एडिबीले यसवर्ष नेपालले ६ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदरमात्रै हासिल गर्ने जनाएको हो।
आगामी आर्थिक वर्षमा भने अहिलेको तुलनामा केही सुधार भएर वृद्धिदर ६ दशमलव ३ प्रतिशत पुग्ने उसको प्रक्षेपण छ।
त्यसैगरी, अघिल्लो वर्षको भन्दा यसवर्ष मुद्रास्फीति बढ्ने देखिएको छ। गत आर्थिक वर्ष मुद्रास्फीति ४ दशमलव २ प्रतिशत रहेकोमा यसवर्ष बढेर ४ दशमलव ४ प्रतिशत पुग्ने उसको प्रक्षेपण छ। नेपाल राष्ट्र बैंकको अनुसार पछिल्लो तथ्याङ्कले मुद्रास्फीतिदर घट्दै गएको देखाएपनि एडिबीले भने त्यसको विपरित बढ्ने आंकलन गरेको छ।

‘नेपाल माईक्रोफाईनेन्स अपडेट–२०१९ सार्वजनिक गर्दै एडिबीले नेपालमा वित्तीय संघियताको कार्यान्वयन र वित्तीय अनुशासनमा सुधार गर्न नसक्नु अर्थतन्त्रको सबैभन्दा ठूलो चुनौती रहेको जनाएको छ।
एसियाली विकास बैंकको उक्त प्रक्षेपणपछि कन्ट्री डाईरेक्टर मुख्तर खामुदखानोभले नेपालले यो चुनौतीलाई सम्बोधन गर्न तथा लामो समयसम्म उच्च आर्थिक वृद्धिदर कायम गर्नसके अर्थतन्त्र स्थीर राख्न सम्भव रहेको धारणा राखेका छन।
कृषि क्षेत्रको वृद्धिदर गतवर्ष २ दशमलव २ दशमलव ८ प्रतिशत रहेकोमा यसवर्ष बढेर ४ दशमव ५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। यसवर्ष धान उत्पादन अघिल्लो वर्षकोे तुलनामा ८ दशमलव ४ प्रतिशतले बढेर ५५ लाख मेट्रिक टन पुगेका कारण समग्र कृषि क्षेत्रमा सकारात्मक प्रभाव देखिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यसैगरी औद्योगिक क्षेत्रको वृद्धिदर ७ दशमलव १ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ६ दशमलव ४ प्रतिशत पुग्ने एविडीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।