फाइल तस्बिर
काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीमा आबद्ध जनशक्तिलाई सीपमूलक तालिम दिएर उत्पादनमा लगाउन आग्रह गरेकी छन्।
६२औं राष्ट्रिय सहकारी दिवसका अवसरमा काठमाडौं जिल्ला संघ, काठमाडौं जिल्ला बचत संघ, राष्ट्रिय सहकारी विभाग लगायतका संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्याललाई सहकारीकर्मीलाई त्यस्तो आग्रह गरेकी हुन्।
व्यवसायिक सहकारीलाई मन्त्रालयले प्रोत्साहन स्वरुप अनुदान दिने व्यवस्था गरेको भन्दै मन्त्री अर्यालले सहकारीमार्फत मान्छेको जीवनस्तर सुधार्नका निम्ति आग्रह गरेकी छन्।
'सहकारीमार्फत हामीले मान्छेको जीवनस्तर सुधार्ने हो तपाईहरु त्यसतर्फ लाग्नुस,' मन्त्री अर्यालले भनिन्, 'सहकारीमा आबद्ध सदस्यलाई सीपमूलक तालिम दिएर व्यवसायिक बनाउनुस्।
सहकारी अब उद्योग, पर्यटन, कृषिमा जानुपर्ने भन्दै मन्त्री अर्यालले सहकारी आफ्ना सदस्यहरुको जीवन बदल्ने अस्त्र बन्नुपर्ने बताइन्।
मन्त्रालय अहिले सहकारी क्षेत्रको निर्माणको दिशामा रहेको भन्दै उनले अहिले सहकारीको संख्या आवश्यकता भन्दा धेरै भएको गुनासो आइरहेका बेला त्यसको मर्जिङ गर्ने कार्यमा मन्त्रालय अगाडि बढेको उनको भनाइ थियो।
उहाँले अहिले भएका सहकारीको संख्यालाई कम गरेर आधाभन्दा कम गरिने समेत उनले उल्लेख गरेकी थिइन्। उनले भनिन्, 'सहकारीको संख्या अहिले अत्यधिक छ। यसलाई मर्जर गर्ने अभियानमा हामी लागेका छौं। अबको पाँच वर्षमा अहिलेका सहकारीको संख्उ ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अगाडी बढेको छ।'
मन्त्रालयले भर्खरै बजारीकरणको कार्यक्रम सुरु गरेको भन्दै मन्त्री अर्यालले यसलाई काठमाडौं आसपास हुँदै देशैभर बिस्तार गरिने दाबी गरिन्।
सहकारीलाई उद्योगको लगेर गरिबी न्यूनीकरणका निम्ती प्रमुख कार्य गरिने भन्दै उहाँले सातै प्रदेशका सबैभन्दा बढी गरिब भएका पालिकाहरूमा गरिबलक्षित कार्यक्रम सञ्चालन गरिने योजना समेत सुनाइन्।
एउटा पालिका एउटा सहकारीले जिम्मा लिनेगरी समृद्धिको अभियान सञ्चालन गरिने भन्दै मन्त्री अर्यालले अबको समृद्धिको आधार भनेको सहकारी नै भएको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।